ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुटवलमा पुस महिनामा औद्योगिक व्यापार मेला हुने

लुम्बिनी दर्पण २०८१ कार्तिक ७, बुधबार ८:२८

बुटवलमा पुस महिनामा औद्योगिक व्यापार मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेला–२०८१ का लागि सोमबार सङ्घमा बसेको कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गर्नुको साथै जिम्मेवारी बाँडफाँट गरेको छ ।

बुटवलको व्यापार विस्तार तथा यस क्षेत्रको औद्योगिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले बुटवलमा हरेक वर्ष औद्योगिक व्यापार मेला आयोजना हुँदै आएको छ । औद्योगिक व्यापार मेला–२०८१ को मूल कार्यसम्पादन समितिको संयोजकमा सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल रहनुभएको छ ।त्यस्तै गरी सङ्घका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई मूल्याङ्कन तथा अनुगमन समितिको जिम्मेवारी प्रदान गरिएको छ ।

सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेलाई मेला मूल सम्पादन समितिको सहसंयोजकसहित सरकारी निकाय समन्वय, विषयगत उपसमिति समन्वय, संस्कृति कार्यक्रम, साउण्ड सिस्टम तथा स्टेज सञ्चालन, स्वागत तथा प्राथमिक उपचार र विद्युत व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । सङ्घका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई मेला मूल कार्यसम्पादन समितिको उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

उद्योग उपाध्यक्ष सुरज भट्टराईलाई मेला मूल कार्यसम्पादन समितिको उपसंयोजकको साथै व्यावसायिक सङ्घसंस्था समन्वय, पूर्वाधार तथा उद्योग क्षेत्र समन्वय, गोष्ठी सेमिनार, स्टल दर्ता तथा वितरण, घरेलु हस्तकला तथा पर्यटन प्रवर्द्धन र कृषि प्रविधि तथा बजारीकरणको जिम्मेवारी प्रदान गरिएको सङ्घले जनाएको छ ।त्यसैगरी वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई मेला मूल कार्यसम्पादन समितिको उपसंयोजकको साथै राजनीतिक दल समन्वय, परिचय पत्र स्टल निर्माण र खानेपानी तथा सरसफाइको जिम्मेवारी प्रदान गरिएको छ ।

सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीलाई कार्यसम्पादन समितिको सदस्य सचिव तथा प्रवक्ताको साथै सचिवालय, सुरक्षा र पार्किङ व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । कोषाध्यक्ष वसन्तप्रसाद ढकाललाई कार्यसम्पादन समितिमा आर्थिक समितिको संयोजक सहित सौजन्य, खाना तथा खाजा र टिकट व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । सङ्घका सचिव प्रतीक पोखरेललाई कार्यसम्पादन समितिमा सहसचिवको जिम्मेवारी प्रदान गरिएको छ ।


प्रकाशित : २०८१ कार्तिक ७, बुधबार ८:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech