३३ के.भि प्रसारण लाईन विवाद : प्रहरीले बल प्रयोग गर्दा एक महिला घाईते

[sharethis-inline-buttons]

लुदस, जीतपुर

प्रहरीले वल प्रयोग गर्दा कपिलवस्तुको बाणगंगा ६ मा एक महिला घाईते भएकी छन् । लामो समयदेखि विवादमा रहेको ३३ के.भि प्रसारण लाईन बुद्धमार्गबाट विस्तार गर्दा घना बस्ती रहेको र स्थानीयको सम्पती बढी क्षेती हुने भन्दै विकल्प सहित स्थानीयले विरोध गर्दै आएका थिए । विरोध पछी यस अगाडी प्रहरी सहितको फोर्स फिर्ता गएको थियो ।

आज फेरी प्रहरीको ठुलो जथ्था प्रयोग गरि लाईन विस्तार गर्न खोजेपछी स्थानीयले रोक्ने क्रममा प्रहरीको दमनबाट मंगली नेपाली घाईते भएकी छिन् । कपिलवस्तुको बाणगंगा ७ मोतिपुरमा रहेको विद्युत प्रसारण लाईन लक्ष्मणघाट हुदै बुद्धमार्गबाट तौलिहवा लैजादा बस्ती प्रभावित हुने भन्दै त्यस क्षेत्रका वासिन्दाले यस अघि नै ज्ञापन पत्र बुझाउदै जनप्रतिनिधि नेताहरु हार गुहार गरेका थिए । स्थानीयको मागलाई वेवास्ता गर्दै जनताको हित विपरित बलजप्ती गरेको र नेताहरुले समेत वेवास्ता गरेको भन्दै संघर्ष समितिका अध्यक्ष रिसर्व पौडेलले पदबाटै राजीनामा समेत व्यक्त गरेका छन् । उनले सामाजिक संन्जाल फेसबुक मार्फत भावुक शब्दमा राजिनामा सार्वजनिक गरेका हुन् ।

उनको राजीनामा एक ईमान्दारिताको प्रतिक भएको भन्दै स्थानीयले श्रहाना गरेका छन् ।


प्रकाशित : २०८१ कार्तिक ८, बिहीबार १६:०९