कपिलवस्तुको विमिहा नदीमा पानी संकलन केन्द्र को तयारी

[sharethis-inline-buttons]

लुदस ,लबनी
कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ मा रहेको विमिहा खोलामा पानी संकलन केन्द्र, अर्थात् रिजर्व वायर, निर्माणको तयारी भइरहेको छ । यस महत्त्वपूणर् योजनामा पालिकाको गौरवको रूपमा १ करोड ५० लाखको लगानी गरिने जनाईएको छ ।

पालिका प्रमुख कमलेश शरण चौधरीका अनुसार, यो योजना अन्तर्गत खोलामा बाँध बनाएर वर्षे पानी संकलन गर्ने र हिउदे खेतीमा वृद्धि गर्ने उदेश्य राखिएको बताउनुभयो । बाँध निर्माणपछि करिव ४ सय हेक्टर खेतीयोग्य जमिनलाई सिंचाइको सुविधा हुने उहाँको भनाई छ । यसले खेती उत्पादनमा करिव ३० प्रतिशतको वृद्धि गर्ने अपेक्षा गरिएको छ, जसले किसानको र पालिकाको सिंचाई खर्चमा दीर्घकालीन समाधान प्रदान गर्नेछ ।

 

बिहिवार सर्भेक्षणका क्रममा पालिकाका ईन्जीनियर र अन्य टोलीका सदस्यहरूले यस वर्ष भित्रै योजना सम्पन्न गर्ने र किसानको हितमा ल्याउने गरि काम गर्ने आश्वासन दिएका छन् । यो योजनाले किसानहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने र स्थानीय कृषि विकासमा योगदान पुर्याउने निश्चित छ।
पानीको सही व्यवस्थापन र सिंचाइका लागि आवश्यक पूर्वाधारको निर्माणले स्थानीय किसानहरूको जीवनस्तर सुधार्नेमा महत्वपूणर् भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यस अगाडी सोहि ठाउँमा तत्कालिन भौतिक पुर्वाधार विकास मन्त्री हुदाँ प्रदेश मार्फत बताएको वाल र बाँध प्रयोग विहिन बनेको छ । सो बाध काम भन्दा पनी नाम मात्रैको भएको र रकम पचाउने खेलो बनेको स्थानीयहरु बताउछन् ।


प्रकाशित : २०८१ कार्तिक १०, शनिबार १५:४५