
लुदसः
नावालिक बलात्कार मुद्धाका आरोपित एक युवाले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
बलात्कार मुद्धामा प्रहरीले मुद्धा दर्ता गरेपछी ईलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी हिरासत (थुनुवा कक्ष ) भित्रै एक पुरुषले आत्महत्या गरेका हुन् ।
घट्ना विजयनगर ५ ठाकुरापुरको हो ।
गत कार्तिक १५नावालिक करणी गरेको आरोपमा पक्राउ परेका २३ वर्षिया युवाले आज विहान शौचालयको जाली च्यातेर टावेल झुण्डाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मोहन मणी अधिकारीले बताउनुभयो ।

