ताजा अपडेट

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्थानीय तह उपनिर्वाचन : कांग्रेसले उम्मेदवार कहाँकहाँ टुंग्यायो ?

लुम्बिनी दर्पण २०८१ कार्तिक २३, शुक्रबार १५:०४
[sharethis-inline-buttons]

२३ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि चार स्थानका उम्मेदवार टुंगो लगाएको छ । अध्यक्षका लागि निर्वाचन हुने मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकाको उम्मेदवार निश्चित गरिएको छ।

उपाध्यक्षका लागि निर्वाचन हुने दोलखाको गौरीशंकर गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकामा उम्मेदवारको चयन भएको छ। उपाध्यक्षका लागि निर्वाचन हुने थप स्थानहरु हुम्लाको सर्केगाड, पूर्वी रुकुमको पुथाउत्तरगंगा र बाजुराको स्वामिकार्तिक खापरमा उम्मेदवार टुंगो लागिसकेको छैन ।

मोरङको ग्रामथानमा गाउँपालिका अध्यक्ष पदमा कांग्रेसले बलराम सरदारलाई उठाउने भएको छ । अध्यक्षमा आकांक्षा राखेका १३ जनामध्येबाट सरदारको नाममा जिल्ला संसदीय बोर्डले सहमति जुटाएको हो ।

सरदार पूर्वमहासमिति सदस्य हुन्। गत निर्वाचनमा यस पालिकामा कांग्रेसका उम्मेदवारले जितेका थिए । जयप्रकाश गच्छदार थारुको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेसले दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार झलकबहादुर भण्डारीलाई बनाउने भएको छ । अध्यक्षमा उम्मेदवार हुन इच्छा राखेका १५ जनाबाट भण्डारीको नाम चयन गरिएको हो ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा कांग्रेसले इन्द्रा चन्द सिंहलाई टिकट दिएको छ । दोलखाको गौरीशंकर गाउँपालिकामा पासदिकी शेर्पा तामाङलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । तामाङ निधन भएका यसपालिकाका पूर्व उपाध्यक्ष श्यामसुन्दर तामाङकी पत्नी हुन् ।

बाजुरास्थित स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षको उम्मेदवारमा पुल्तीसरा शाहीको नाममा सहमति जुटेको जिल्ला तहका नेताले जानकारी गराए । एकीकृत समाजवादीसँग चुनावी तालमेलको कुरा चलिरहेकाले नाम सार्वजनिक नगरिएको उनले बताए । जिल्ला तहका ती नेताले भने, ‘पुल्तीसरा शाही कांग्रेसले उठाउने निश्चित भयो । एकीकृत समाजवादीसँग पनि साथ खोजेका छौं । उहाँहरुसँग कुरा भएपछि नाम सार्वजनिक हुन्छ ।’

हुम्लास्थित सर्केगाड गाउँपालिका उपाध्यक्षको उम्मेदवार शनिबार टुंगिने जिल्ला सभापति मोहनविक्रम सिंहले जानकारी गराए । सर्केगाडमा कांग्रेसबाट सुशीला शाही, रतनकला रोकाया, सविता बुढा लगायतले टिकटको दाबी गरेका छन् ।

कांग्रेसले रुकुम पूर्वस्थित पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार छनोट गरिसकेको छैन । अघिल्लोपटक पराजित कमला कुमारी मल्ललाई उठाउने तयारी कांग्रेसले गरेको छ ।

कीर्तिपुरको मेयर उम्मेदवार टुंगो लाग्न बाँकी

मेयर पदका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा पनि चुनाव हुँदैछ । कांग्रेसबाट ११ जनाको नाम नगर समितिबाट सिफारिस भए पनि टुंगो लागिसकेको छैन ।

विधानतः नगरको मेयर उम्मेदवार चयन गर्ने अधिकार प्रदेश संसदीय समितिलाई हुन्छ । बागमतीका प्रदेश सभापति इन्द्र बानियाँले सिफारिस भइ आएका सबै उम्मेदवार योग्य रहेको बताए । उनले भने, ‘तल्लो तहबाट आएका सबै उम्मेदवार हुन योग्य छन् । हामीले चुनाव जित्ने र योग्य उम्मेदवार छान्छौं ।’ बानियाँले १÷२ दिन भित्रमा उम्मेदवार चयन हुने जानकारी गराए ।

कांग्रेसले निर्वाचन परिचालनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वको समिति गठन गरेको छ । उक्त समितिले सातै प्रदेशमा समन्वय गर्ने गरी नेताहरुलाई जिम्मेवारी समेत दिएको छ ।

उपनिर्वाचनका लागि प्रदेशगत समन्वय र सहजीकरण गर्न बागमतीमा महालक्ष्मी उपाध्याय ‘डिना’, कोशीमा भीष्मराज आङ्देम्बे, मधेशमा महेन्द्र यादव, कर्णाली र गण्डकीमा जीवन परियार, सुदूरपश्चिममा एनपी साउद र लुम्बिनीमा पु्ष्पा भुसाललाई जिम्मेवारी तोकिएको छ ।

२ जिल्ला समन्वय समिति प्रमुखसहित ४४ पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

 


प्रकाशित : २०८१ कार्तिक २३, शुक्रबार १५:०४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

भर्खरै

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech