क्यु.ए.ए.प्रमाणित सिद्धार्थ क्याम्पस बुंचीको १४ औं क्याम्पस सभा सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुमै पहिलो पटक क्यु.ए.ए. प्रमाणित क्याम्पस सिद्धार्थ क्याम्पस बाणगंगा बुंची कपिलवस्तुले १४ औं क्याम्पस सभा सम्पन्न गरेको छ । क्याम्पसको सभाहलमा क्याम्पस सभा सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेस सभा सदस्य बिष्णु पन्थीले नेपालका उच्च शिक्षामा विभिन्न चुनौतिहरु थपिएको बताउनु भएको छ । उहाँले पढाइलाई नयाँ ढङ्गले लैजान शिक्षक आफै लाग्नुपर्ने बताउदै विद्यार्थीलाई जिज्ञासु तथा आफै पढ्न सक्ने बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थीले लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पढाई अत्यन्तै न्यून रहेको बताउनुभयो । उहाँले नेपालको शैशिक संस्थाहरु खस्कदै गएको बताउदै विद्यार्थीहरु विदेश पलायन हुन बाध्य भएको बताउनुभयो । उहाँले शिक्षामा कतिपय काम गर्न चाहे पनि सफल हुन नसकेको जिकिर गर्नुभयो ।

May be an image of 13 people, dais, hospital and text

कार्यक्रममा कपिलवस्तु जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आर्चायले शिक्षा क्षेत्रमा सिद्धार्थ क्याम्पसले कपिलवस्तु जिल्लामा ठूलो फड्को मार्न सफल भएको बताउनुभयो । उहाँले पछिल्लो समय धेरै क्याम्पसहरु सञ्चालन हुदै गर्दा विद्यार्थी विदेश तर्फ पलायन भएको बताउनुभयो ।

यस्तै क्याम्पस सञ्चालक समितिका अध्यक्ष डम्मर शर्माले पछिल्लो अवस्थामा कतिपय विषयहरुमा पूर्ण कालिन रुपमा राखेका प्राध्यापकहरुलाई विषय दिन नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

May be an image of 7 people, dais, temple and text
कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी आर्याल, क्याम्पस सल्लाहकार संयोजक तथा निवर्तामान अध्यक्ष झविलाल पोख्रेल, संस्थापक अध्यक्ष्य कृष्ण पौडेल, पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, नागरिक समाजका अध्यक्ष्य अर्जुन पाख्रेल, पूर्व विद्यार्थी मञ्च अध्यक्ष गोविन्द पोख्रेल लगायतले शैशिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउदै आधुनिक पूर्वाधार तथा आधुनिक निमार्णमा ध्यान दिन आवश्क रहेको बताउनुभयो । उहाँले शिक्षामा नितिगत योजना महत्वपूर्ण रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख बेदराम अर्यालले प्रगति प्रतिवेदन तथा आन्तरिक लेखा समितिका सदस्य टुकलाल गैरेले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

May be an image of 9 people, people studying and text

क्याम्पसका उपाध्यक्ष्य रवि बहादुर काफ्लेको स्वागत मन्तब्य तथा क्याम्पस सहायक प्रमुख गोबिन्द खनालको संचालनमा सम्पन्न कार्यक्रममा क्याम्पस संचालक समितिका पदाधिकारी, सदस्य तथा क्याम्पस सभा सदस्यहरु, प्राध्यापक, विभिन्न विद्यालय तथा संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८१ कार्तिक २४, शनिबार ०६:४१