कपिलवस्तु महोत्सव : खस्किदो जनआकर्षण, छैन नागरिकमा उत्साह

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
पछिल्लो एक दशक यता बाणगंगामा आयोजना हुँदै आएको कपिलवस्तु महोत्सव यस पटक पन्ध्रौ संस्करण आयोजना तयारी थालिएको छ । तर विगतमा जस्तो यस पटक नागरिक स्तरमा यसको आकर्षण कमजोर देखिदो छ । महोत्सव आयोजक संस्थाहरुको एकै परिधिको कार्यक्रम तथा नविन सोँचको कमी मुख्य कारण देखिएको छ ।
कपिलवस्तु, जो ऐतिहासिक र सांस्कृतिक धरोहरका लागि परिचित छ, १५ वर्षदेखि आयोजित हुँदै आएको महोत्सवले सुरुवाती चरणदेखि अबलम्बन गरेका अभ्यास र क्रियाकलामा थप परिस्कृत र नविन अभ्यास नहुँदा एउटै कुराको अवलोकन दिक्कलाग्दो हुने नागरिकहरुको भनाइ छ ।

महोत्सव केवल व्यवसायिक र सिमित स्वार्थमा केन्द्रित हुँदा पछिल्ला वर्षका महोत्सवमा नागरिकहरु त्यति रुचि देखउँदैनन् । कपिलवस्तुको बाणगंगा स्थित बुद्ध रंगशालामा विगत १५ वर्षदेखि आलो पालो गरि कपिलवस्तु उद्योग वाणिज्य संघ र बाणगंगा वेयलफेर सोसाइटीले महोत्सव आयोजना गर्दै आएका छन् । तथापी यी दुबै आयोजक संस्थाहरुले हरेक वर्ष केही नयाँ गर्ने ध्यय बेकेका भए पनि अन्ततः महोत्सव मनोरञ्जन र व्यवसायिक बन्दा कृषि पर्यटनका सवालमा कमजोर देखिएको जानकारहरु बताउँछन् ।

कृषि पर्यटन तथा औधोगिक प्रर्दशनी नाम दिइए पनि हरेक संस्करणहरु यी सवालमा भन्दा बिसुद्ध कलाकार नचाउने र मनोरञ्जनमा सिमित हुने देखिएको छ । महोत्सवले व्यवसायिक प्रर्वद्धन र स्थानीय उत्पादनहरूको प्रचार गर्ने उद्देश्य राखेपनि, महोत्सवको आयोजनाबाट प्राप्त आम्दानीको स्पष्ट सार्वजनिकीकरणमा समेत पटक पटक प्रश्न नउठेको हाइन । महोत्सवबाट लाखौँ रकम देशबाहिर जाने गरेको भए पनि आयोजक संस्थाहरु त्यसमा वर्षौदेखि गम्भिर देखिदैनन् । त्यसको मुख्य उदाहरणका रुपमा मनोरञ्जनका साधनहरु पिङ, झुला तथा अन्य साधनलाई हेर्न सकिन्छ । यस बाहेक लत्ता कपडा देखि खानपानका चिजसमेत अन्यत्रबाटै भित्राइन्छ ।

कपिलवस्तु महोत्सवको १५ औं संस्करणको तयारी यसपटक कपिलवस्तु उद्योग वाणिज्य संघले सुरु गरेको छ, तर यसपटक यसको उद्देश्य र संचालक संस्थाका गतिविधिहरुमा सवाल उठेका छन्। महोत्सवको आयोजना व्यवसायीहरूको लागि एक ठूलो अवसर बन्न सक्ने थाहा भएता पनि, स्थानीय व्यापार र उत्पादनको प्रर्वद्धनको सट्टा आयोजक संस्थाले गरेका विगतका गतिविधिका कारण नागरिक स्तरमा समेत महोत्सवको गरिमा खस्कदो छ ।

यस महोत्सवको आयोजनामा विशेष ध्यान दिनुपर्ने कुरा भनेको गुणस्तरीय सामग्रीको प्रर्दशन र बिक्री हो। तर, महोत्सवमा हालसम्मका संस्करणलाई फर्केर हेर्दा अधिकांश स्टल र गतिविधिहरुमा गुणस्तरहिन सामग्रीको बिक्री हुने गर्दछ भने यसमा नियामक निकायले नजर पुर्याउन सक्दैन । मनोरञ्जनका नाममा अनावश्यक उछृङ्खलता र कलाकारहरुको प्रर्दशन त्यति स्वभाविक देखिदैन । मंसिरमा तीजका गित गाउने कलाकारिताको साटो स्थानीय कला र गलाले बढी स्थान पाउनुपर्नेमा त्यसो भएको पाइदैन । यसले नेपाली संस्कृति र परम्परामा प्रहार भइरहेको आभास हुन्छ भने महोत्सवको उद्देश्यलाई नै प्रश्नचिन्हको घेरामा राखेको छ ।

स्थानीय कलाकार र प्रतिभालाई महोत्सवमा स्थान दिने कुरा प्रमोट गरिएको भए पनि, यसले यथासम्भव इमानदारीपूर्वक व्यवहार गर्ने देखिदैन । स्थानीय कलाकारहरुलाई उचित अवसर र समर्थन दिने सट्टा, आयोजक संस्थाले डान्स आइडलको नाममा जसरी पनि टिकट बिक्री गर्ने र धन असुलीको प्रवृत्तिमा बढी ध्यान केन्द्रित गरेको विगतको अभ्यासले देखिन्छ । यसले महोत्सवमा सहभागी हुन चाहने कलाकारलाई केवल आर्थिक भारमा पार्ने र उनीहरूको प्रतिभाले उचित स्थान नपाउँदा उल्टै व्ययभारमा पर्ने दृष्टान्तहरु छरपस्ट देखिन्छन् । विगतलाई हेर्दा कपिलवस्तु डान्स आइडल भएका कलाकारहरुले आफ्नो लय लिन नसकेका भेटिन्छन् ।

महोत्सवको अर्काे एक मुख्य आकर्षण भनेको स्थानीय संस्कृतिको प्रर्दशन र राष्ट्रिय स्तरमा कपिलवस्तुका उत्पादनहरुको प्रर्वद्धन हो, तर यसको विपरीत महोत्सव अहिले व्यावसायिक र व्यक्तिगत स्वार्थको खेल बनिरहेको टिप्पणी छ। यसले स्थानीय व्यवसायी र कलाकारहरुको भलाइको सट्टा केही व्यक्तिहरु र संस्थाका लागि मात्र आर्थिक फाइदा पु¥याएको आरोपलाई थप प्रस्ट पार्छ ।

यति हुदाँ हुदै पनि कपिलवस्तु महोत्सवका पछिल्ला केही संस्करणले नगन्यमात्रामा सामाजिक उत्तरदात्विका गतिविधिहरु आयोजक आफैले गर्नुपर्ने भएपछि यसमा पनि यहाँका अन्य सामाजिक संस्था र सरकारी निकायको प्रभाव बढी देखिन्छ ।

कपिलवस्तुमा यतिमा मात्रै सिमति छैन । महोत्सवका नाममा कपिलवस्तु जिल्ला भर नै यो अभ्यासले जरा फैलाएको देखिन्छ । कपिलवस्तु महोत्सव मात्रै होइन यहाँका मुख्य क्षेत्रहरु बुद्धभुमि र शिवराजमा पनि महोत्सव आयोजना गरिदैँ छ । केवल कमाउने धन्दाका लागि आयोजना हुने यस्ता महोत्सवमा विगतमा जस्तो यसवर्ष नागरिकहरुको सहभागिता न्यनु रहने प्रक्षेपण गरिएको छ ।

अन्ततः, कपिलवस्तु महोत्सवले आफ्नो वास्तविक उद्देश्य र परिकल्पना के हो भन्ने कुरा विचार गर्दै, आयोजक संस्थाले यसको शैलीमा केही सुधार ल्याउनु आवश्यक देखिन्छ। स्थानीय कलाकार र व्यवसायीहरूको अधिकार र हितलाई प्राथमिकता दिँदै, महोत्सवको रूप र उद्देश्यलाई साँच्चिकै नेपाली संस्कृति र संस्कृतिको प्रर्वद्धन गर्ने दिशामा लैजानु पर्ने आवश्यकता छ ।


प्रकाशित : २०८१ कार्तिक २४, शनिबार १९:१७