कपिलवस्तुको शुद्धोधन १ मा उपचुनावको तामझाम

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

स्थानीय तहको उपनिर्वाचनलाई दलहरुले शक्ति प्रदर्शनको रणनीतिका रूपमा लिएका छन् ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा कांग्रेसबाट दिंवगत वडाध्यक्षकै छोरालाई अघि सारेर विरासत जोगाउने प्रयास गरेको छ ।

एमाले, जसपा, रास्वपा, माओवादी, जसपा नेपालबाट अलग-अलग उम्मेदवारी दिएर आफूले जित्ने दाबी गरेका छन् ।

उम्मेदवारी दर्तामा विजयी जुलुसजस्तै गरी दलहरू दलबलसहित सडकमा निस्किए । र्‍यालीमा आचारसंहिता विपरीत केही जनप्रतिनिधि पनि सहभागी थिए । मायादेवी ३ का वडाध्यक्ष सैलेन्द्रकुमार यादव जसपाको नारावाजीमा, शिवराज नगरपालिकाका मेयर अजय थापा राप्रपाको उम्मेदवारको नारावाजीमा सहभागी थिए ।

 

तिलकराम यादवको निधनपछि रिक्त वडाध्यक्ष पदमा यहाँ उपचुनाव हुन लागेको हो । नेपाली कांग्रेसले दिनेश यादवलाई उम्मेदवार बनाएको छ । यादव दिवंगत वडाध्यक्ष तिलकराममा छोरा हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अब्दुल मोजिम खाँलाई उम्मेदवार बनाउने पूर्वनिर्णय गरेपनि अन्तिम समयमा विवादमा परेपछि मोहम्मत ताहिरलाई मनोनयन गराएको छ । माओवादी केन्द्रले रफिक अहमदलाई उठाएको छ ।

जनमत पार्टीबाट सीताराम पटेल, जसपा नेपालबाट रामबहादुर चौधरी, रास्वपाबाट अवधेश चौधरी, राप्रपाबाट इम्तियाज अहमद मुसलमान उम्मेदवार बनेका छन् ।

गत निर्वाचनमा कांग्रेसका तिलकराम यादवले एमालेका अब्दुल मोजिब खाँलाई पराजित गर्दै दोस्रोपटक अध्यक्ष बनेका थिए । यादवले १ हजार ३२ मत पाउँदा एमालेका अब्दुल ८८९ मतमा रोकिएका थिए ।


प्रकाशित : २०८१ मंसिर २, आईतवार १७:११