
रामु यादव , लबनी
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ मा हुन थालेको उप चुनावमा मनोनय दर्ता गर्न पुगेका स्वर्गीय तिलकराम यादवका छोरा दिनेश यादवले बुवाको अधुरो सपना पुरा गर्न उमेद्धारी दिएको बताउनुभएको छ ।
लुम्बिनी दर्पणसँगको संक्षिप्त कुराकानीमा उनले आफुले बुवाले छाडेर गएका अधुरो सपना पुरा गर्नुपर्ने दायित्वका कारण उप चुनावमा आउनु परेको बताउनुभयो ।
उहाँका बुवा तिलकराम यादवको गत असोज ७ गते
भारतको दिल्ली एपोलो हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो ।
उहाँ ब्रेन ट्युमर रोगबाट ग्रसिध हुनुहुन्थ्यो ।
बुटवल चौराहा हस्पीटल , मणिग्राम र काठमाण्डौमा उपचारपछी पछिल्लो समय भारतको दिल्लीमा रहेको एपोलो हस्पिटलमा उपचार का क्रममा निधन भएपछी देशका अन्य ४३ स्थानमा जस्तै शुद्धोधन १ मा पनी उप चुनाव हुन थालेको हो ।
तिलकराम लामो समय कर्मचारी राष्ट्रसेवाबाट अवकाश प्राप्त गरि दोस्रो कार्यकाल वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
उहाँ एक असल ईमान्दार विकासप्रमी , शिक्षाप्रेमी नेता गुमाउनु परेको पिडामा उहाँका छोराले जिम्मेवारी दिन खोज्नु र पार्टीले टिकट दिएर उचित मुल्याङ्गन गर्नु महत्वपुणर् भएको स्थानियहरु बताउछन् । उहाँका छोरा दिनेशले यो कार्याकाल बुवाको अधुरा सपना पुरा गर्न आफुलाई सहयोग गर्न सवैमा अपिल समेत गर्नुभएको छ । साथै उहाँले बुवाको निधनपछी आफुमा धेरै जिम्मेवारी बढेको र त्यो पुरा गरेरै छाड्ने भन्दै हिजोका दिनमा भएका केही कमी कमजोरीहरु समेत सुधार गर्ने बताउनुभयो ।

