लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो  दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित भएका हुन् ।

 

सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे । ललितपुरमा जन्मिएका ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७औँ विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।

प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मथलो र बौद्ध दर्शनको पनि थलो भएको उल्लेख गर्दै यसलाई पावनभूमिका रुपमा विकसित र प्रचारप्रसार गर्न सरकारले पहल गर्दै आएको बताए । उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरेको र दोस्रो कार्यकालमा पाँच हजार जना सहभागी हुनसक्ने ध्यान केन्द्र बनाउने काम गरेको स्मरण गरे ।

 


प्रकाशित : २०८१ मंसिर १४, शुक्रबार १७:५१