उपनिर्वाचन अपडेट ः कपिलवस्तुको शुद्धोधनमा ४८ प्रतिशत मत खस्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रामु यादव/ शुद्धोधन
स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि जारी छ । ४१ पदका लागि भएको उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो ।
निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । यता कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ मा भएको निर्वाचनमा करिव ४८ प्रतिशत मत खसेको छ । कुल ४ हजार ८ सय ६८ मतदाता मध्ये १२ बजेसम्म ४८ प्रतिशत मत खसेको हो ।


प्रकाशित : २०८१ मंसिर १६, आईतवार १३:०४