![](https://lumbinidarpanonline.com/wp-content/uploads/2024/12/624c8e02-04e6-4406-a2a9-35c793114cea-1.jpg)
मोहन बेल्वासे
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ मा उप निर्वाचनमा मतदान सम्पन्न भएको छ । कुल ४ हजार ८ सय ६८ मतदाता मध्ये जम्मा ६९.४१ प्रतिशत मत खसेको साहयक निर्वाचन अधिकृत अमर ओलीले बताए । मत गणना आजै सर्वदलिय बैठक पछी साझ करिव ९ बजेबाट शुरु हुने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए ।३ मतदान केन्द्र र ६ मतदानस्थल मा ३३ सय ७९ मत खसेको हो । निर्वाचनमा
४ स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन् । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भएपछि उपनिर्वाचन भएको हो ।