१५ औं संस्करणमा पुस्तान्तरण , ऐतिहासिक यात्रा
मोहन बेल्वासे
भोली बुधवारदेखि शुरुहुन थालेको कपिलवस्तु महोत्सवको सम्पुणर् तयारी पुरा भएको आयोजकले जनाएको छ । बुधवार देखि औपचारिक रुपमा शुरु हुने १५ औं कपिलवस्तु महोत्सवले जिल्ला मात्र होईन समग्र यस क्षेत्रकै ध्यान तानेको छ ।
जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहदै आएको महोत्सव उद्योग व्यापार संघले २०६५ बाट विधिवत रुपमा सुरु गरेको थियो ।
कपिलवस्तु महोत्सव हाल १५ औं संस्करण सम्म आईपुग्दा परिस्कृत हुदै आएको छ । “सक्षम व्यवसायी समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मुल नाराका साथ सुुरु हुन थालेको महोत्सवलाई विशेष महत्वका साथ हेरिएको छ ।
तीन वटा बुद्धको जन्मभूमी कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका का साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् ।
१५ औं महोत्सव सम्म आईपुग्दा महोत्सवमा पुस्तान्तरण समेत भएको छ ।
२०६७ सालमा यस क्षेत्रका चर्चित समाजसेवी स्व. शेर बहादुर क्षेत्रीले नेतृत्व गरेका थिए । त्यसको १४ वर्ष पछी छोरा पुस्तामा अर्थात २०८१ सालको महोत्सव शेर बहादुरका छोरा पुर्व वडाध्यक्ष समाजसेवी व्यक्तित्व उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले नेतृत्व गर्दा महोत्सव पुस्तान्तरण हुनुले पनी महोत्सव परिकृत भएको र महोत्सवले १५ वर्षको ईतिहास कायम गर्न सफल भएको हो । पछिल्लो समय महोत्सव निरन्तरतामा कोरोना महामारी र आर्थीक मन्दीले पारेको असर ,चर्को व्याजदरले व्यावसायीक गिरावट, देशको अर्थतन्त्रलाई सुधार र व्यवसायीक प्रर्वद्धनका साथै कृषि उपजहरुको बजारीकरण र उत्पादनमा फलदायी हुने अपेक्षा गरिएको छ ।
यस अगाडी वेलफेयरले आयोजना गरेको महोत्सवबाट सकंलन भएको बचत रकमबाट तथा पार्किङ्ग तर्फबाट लागु औषध दुव्र्यसनी तर्फ सहयोग पुर्याएको थियो । यसवर्ष पनी दुव्र्यसनी मुक्त समाज निर्माणका लागि साथै सामाजिक रुपान्तरण र शसक्तिकरणमा टेवा पुग्ने बताईएको छ ।
जिल्लामा हालसंम्म भएका महोत्सवहरुमा जिल्लाबासी एक जुट भएर लागेका छन् । २०६५ बाट सुरु भएको महोत्सवको पहिलो संयोजक को रुपमा स्थानिय समाजसेवी स्व.शंकर प्रसाद आचार्य रहेका थिए भने दोस्रो महोत्सव संयोजकमा तत्कालिन कपिलवस्तु व्यापार संघका अध्यक्ष विष्णु प्रसाद न्यौपाने रहेका थिए । तेस्रो महोत्सव संयोजक चर्चित समाजसेवी स्व. शेरबहादुर क्षेत्रीले गरेका थिए । चौथो महोत्सव पनि व्यापार संघले आयोजना गरेको थियो जसको संयोजक देवी पाण्डेले गरेका थिए । पाँचौ महोत्सव भने युवाहरुको काधमा रहेको थियो जसमा संयोजक वेलफेयरका पूर्व अध्यक्ष पदम सेनले गरेका थिए । सातौ , नवौं र एघारौ र चांैधौ महोत्सवको रथ संयोजक वेलफेयरका अध्यक्ष राजकुमार खाँणले हाकेका थिए भने १० आंै महोत्सव अर्थात १ दशकको महोत्सव भने विशेष पहिचानका साथ उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ नेतृत्वमा थियो ।
यस अगाडीका बाहृौ र तेहृौ महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरको संयोजकत्वमा संम्पन्न भएका हुन् ।
१५ औं महोत्सवको नेतृत्व उद्योग वाणिज्य संघका अध्यक्ष क्षेत्रीको काधमा छ । महोत्सवले कपिलवस्तु जिल्लाको एतिहासिक तथा धार्मिक विकास सँगसँगै उद्योग व्यवसायको प्रवद्र्धनमा महत्वपूणर् भूमिका निर्वाह गर्ने संयोजक क्षेत्रीको भनाई छ ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृती, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव महत्वपूणर् हुने निर्देशक हुमनाथ पौडेलले बताए । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने समग्रमा १० करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।
महोत्सवमा स्थानीय उत्पादन र उद्योग तथा बजारलाई प्रमुख ग्राहयता दिएको महासचिव नवदत्त घिमिरेले बताए । महोत्सव युवा बुढापाका पुस्ता , बाल बच्चा सवैको मन जित्ने चाख लाग्दो रहेको आयोजकको दावी छ । स्थानीय भाषा संस्कृतिको उत्थान र पहिचान लाई पनि कपिलवस्तु महोत्सवले प्रस्फुटन गर्ने निर्देश पौडेलले बताए । सर्वाधिक चासोका साथ हेरिएको हाल १३ आंै डान्स आईडियलका प्रतिभाहरुको नित्यले महोत्सवमा पुग्ने दर्शकहरुको ध्यान तान्नेगरि निकै प्रतिस्पर्धाबाट डान्स आईडल छनौट रहेको डान्स आईडल संयोजक विष्णु मल्लले बताईन ।
यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रर्वद्धन गर्ने गरि महोत्सव सजावट हुने उपाध्यक्ष नारायण पौडेले बताए । करिव ३ सय व्यवसायीक स्टल र ५० बढी प्रर्दशनी स्टल रहेको र आधुनिक कृषि उपकरण,कृषि फर्म , नर्सरी , कृषि उपज प्रर्दशनी आर्कषक,सचिवालय ,वरपर रहेको रहेको सेल्फि जोन लगाएत आर्कषण हुने जनाईएको छ ।
१५ औं संस्करणमा पुस्तान्तरण
१५ औं महोत्सव सम्म आईपुग्दा बावु पुस्ताले हाँकेको महोत्सव छोरा पुस्ता सम्म आईपुग्दा महोत्सवले छुट्टै रौनकता ल्याउने अनुमान गरिएको छ । उद्यमशिलता व्यवसायिक तथा कृषि क्षेत्रको प्रर्वद्धन, कृयाशिल लघु , मझौला तथा ठुला उद्योगहरुको प्रचार प्रसार, यस क्षेत्रका धार्मिक पर्यटकिय क्षेत्रको प्रर्वद्धन, गर्ने लगाएतका उदेश्य रहेका छन् ।
महोत्सव सवैको साझा भएको हुदा“ सवैको अपनत्वहुने गरि व्यवस्थापन सहित जिल्लाको पहिचान बोकेको महोत्सव बनाउन सवैले हातेमालो गर्नुपर्ने संयोजक क्षेत्रीले बताए । क्षेत्रीले पुस्तान्तरण हुदाँ विगतका महोत्सव महोत्सवको अनुभव र साझा सरोकारका विषय सहित महोत्सवलाई अझ प्रभावकारी बनाउन सुचना प्रविधि लाई जोड दिदै रुपान्तरणका चरणमा चरणबद्ध काम भैरहेको बताए ।
महोत्सवमा संघ संस्था समन्वय, डान्स आईडलको अडिसन,स्टलको काम , छपाई तथा प्रचार प्रसार , सरोकारवाला निकायसग छलफल तथा अन्र्तरक्रिया, लगाएतका कामहरु अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
मन्त्री भण्डारीले महोत्सवको उद्घाटन गर्ने
१५ औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी २०८१ को उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले गर्ने तय भएको छ । निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने पर्यटन प्रवर्द्धन र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजनामा रहेका मन्त्री पाण्डेको आगमनले कपिलवस्तुका ओझेलमा रहेका पुरातात्विक क्षेत्रको ध्यानाकर्षणका साथै निजि क्षेत्रको सहकार्यमा जोड दिने बताईएको छ ।
यसपटक मन्त्री पाण्डेलाई उद्घाटनको प्रमुख अतिथि बनाउने निणर्य गरिएको आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक क्षेत्रीले जानकारी दिए ।