बनगाईबाट बुद्धमार्ग हुँदै भारतिय सिमा पुग्ने उङ्गर संचालनको शुरुवात

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

बनगाई, कपिलवस्तु –

कपिलवस्तु जिल्लाको बनगाईबाट बुद्धमार्ग हुँदै भारत सिमा क्षेत्र चाकरचौडासम्म जाने यातायात सेवा आज एक औपचारिक कार्यक्रमका बीच सुरु भएको छ। बाणगंगा नगरपालिका-७ स्थित बनगाईमा आयोजित कार्यक्रममा प्राचीन कपिलवस्तु यातायातका अध्यक्ष मोहम्मद रफिक,को अध्यक्षतामा भएको थियो ।

सो अवसरमा बोल्दै महिला नेतृ र एकीकृत समाजवादी पार्टीको जिल्ला अध्यक्ष गिता अन्जान, बाणगंगा नगरपालिका वडा नं ७ का वडा सदस्य मुमाराम पाण्डे, नेपाल स्वमसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेल, समाजसेवी युवा व्यक्तित्व रिषर्व पौडेल तथा कृष्ण खनाल लगायतका व्यक्तिहरूले यो सेवाले यस क्षेत्रको विकासमा महत्वपुणर् योगदान पुर्याउने र यात्रुहरुलाई समेत सहज हुने बताएका थिए ।

यस अवसरमा, प्राचीन कपिलवस्तु यातायातका अध्यक्ष मोहम्मद रफिकले भने, “आजदेखि दुईवटा उङ्गर (बस) सञ्चालनमा ल्याई यात्रा सस्तो र सहज बनाइनेछ।“ उनले यात्रा गर्ने सबैलाई न्यूनतम दरमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको संचालन गर्दै पत्रकार मोहन बेल्वासेले लक्ष्मणघाट, भग्लापुर, अमौली, बैदौली, कुस्मा र जग्दिशपुर क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि बुद्धमार्ग बनेको भए तापनि यहाँ बस सेवा नपाएको जनगुनासो रहेको र बस सेवा संचालन गरि जनतालाई सहज गरिदिन जनमत हस्ताक्षर अभियान चलाइ यात्रुहरूको सुविधाको लागि अधिक ध्यान दिन यातायात समितिलाइृ अनुरोध गर्ने तयारी गरिरहेकै बेला सेवा आउनु महत्वपुणर् बएको बताएका थिए ।
यस विषयमा पट्क पट्क नगरमा माग गर्दा समेत वेवास्ता गरेको बताईएको छ ।
तर, यस उङ्गर सेवा सञ्चालनको विषयमा अटो व्यवसायीहरूले विरोध जनाएका छन्। उनीहरूको भनाइ अनुसार, यस मार्गमा उङ्गर बस सेवा सुरु भएमा आफुलाई व्यापारमा प्रतिकूल असर पर्ने र यस रुटमा बस संचालन गर्न नदिने चेतावनी दिएका छन्। अटो व्यवसायीहरूले यसलाई आफ्नो आम्दानीमा असर गर्ने कदम भन्दै विरोध गरिरहेका छन्।


प्रकाशित : २०८१ मंसिर १९, बुधबार २२:५०