निजि क्षेत्रको साथ विना पर्यटन विकास असम्भव : मन्त्री पाण्डे

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस जितपुर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । बुधबार १५औं कपिलवस्तु महोत्सवको कपिलवस्तुको बाणगंगा बुद्धरंगशालामा उद्घाटन गर्दै उनले विदेशी, एनआरएन र स्वदेशी लगानी भित्र्याएर मात्र देशको विकास सम्भव हुने मा जोड दिएका हुन ।

मन्त्री पाण्डेले निजी क्षेत्रको साथ बिना सरकारले मात्र पर्यटन क्षेत्रलाई अगाडि असम्भव रहेको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले भने, “निजी क्षेत्र अघिअघि सरकार पछिपछि भयो भने मात्र पर्यटन क्षेत्रलाई अगाडि बढाउन सकिन्छ।
विविधतापूणर् संस्कृतिले भरिपूणर् नेपालमा वास्तविक शान्तिको खोजीमा विश्वभरका मानिस लुम्बिनी क्षेत्रमा आउने गरेको उल्लेख गर्दै मन्त्री पाण्डेले लुम्बिनीलाई पर्यटनका दृष्टिकोणले सोचेअनुरूप विकास गर्न नसकिएको बताए। उनले तीनै तहका सरकारले एकीकृत रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासले रोजगारीका अवसर सिर्जना गर्नुका साथै राष्ट्रको जिडिपीमा ठूलो योगदान दिने बताए। उनले कपिलवस्तु महोत्सवले कृषि, पर्यटन र औद्योगिकरणको क्षेत्रमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।

राजनीतिक दलहरूबीच एकताको आह्वान

देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै मन्त्री पाण्डेले सम्पूणर् राजनीतिक दलले एकता प्रदर्शन गर्न सकेमात्र देशको अर्थतन्त्र सुदृढ हुन सक्ने बताए। उनले भने, “८४ को चुनावमा स्वच्छ प्रतिस्पर्धा गरौंला, त्यसबेलासम्म हामीले देशको अर्थतन्त्र चलायमान बनाउँछौं।”

उद्घाटन समारोहमा प्रतिनिधि सभा सांसद सुरेन्द्रराज आचार्य, पूर्व सांसद अत्तहर कमाल मुसलमान, लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, बाणगंग नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरी लगायतका वक्ताहरुले कपिलवस्तु महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महत्वपुणर् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा बुधबारदेखि सुरु भएको १५औं कपिलवस्तु महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महत्वपुणर् भूमिका निर्वाह गर्ने विश्वास आयोजकको छ। महोत्सवमा २ लाख दर्शनार्थी भित्र्याएर करिब १० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ।


प्रकाशित : २०८१ मंसिर १९, बुधबार २३:१४