
काठमाडौं ।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायर खेल्ने भएका छन्। लिगको अन्तिम खेलमा सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो।
चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन्। लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो। त्यस्तै, समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो स्थानमा रह्यो। सुदूरपश्चिमसँग पराजित भएपनि कर्णाली चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो। चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफमा स्थान बनाइसकेको छ।
लिगको अन्तिम खेलमा कर्णाली याक्सले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिमले १५।२ ओभरमा ४ विकेट गुमाउँदै १०५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाउँदा इशान पाण्डेले अविजित रहँदै ३८ रन नै बनाए।

