ताजा अपडेट

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

स्कुलमा तयार हुँदै खेलाडी

लुम्बिनी दर्पण २०८१ पुष ३, बुधबार १२:०९
[sharethis-inline-buttons]

माया के सी
३ पुष २०८१, बुधबार
अनुप सुनार कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । उनलाई अहिले विद्यार्थीसँगै भलिबलका खेलाडीको रूपमा चिनिन्छन् । पर्वतको विहादी गाउँपालिकामा कक्षा १० सम्मको अध्ययन पुरा गरेपछि माथिल्लो कक्षा पढ्न उनी बुटवल झरे । सुनारलाई यहाँ आएपछि पढाइसँगै खेललाई पनि सँगै अगाडि लैजाने सोच बढ्यो । उनी भन्छन्, जीवनमा जसरी पढाइको महत्व छ त्यसरी नै खेलको पनि । स्वास्थ्य जीवन र मनलाई शन्ति पार्न पनि खेल आवश्यक छ । त्यसैले पनि मलाई सबै खेल मनपर्छ । त्यो मध्ये मेरो रोजाईको खेल भलिबल हो ।
सानैदेखि नै आफ्नै घर आँगनमा भलिबल खेलेको देखेर हुर्किए त्यसैले पनि मेरो रगत रगतमा भलिबल छ जस्तो लाग्छ । सानैमा पनि गाउँमा दाईहरू खेलेको देख्दा खुब जोस आउँदै थियो मलाई । त्यसबेला पनि सबैले यसले पनि खेल्न सक्छ भन्नु हुन्थ्यो । मनले नै खेल्छु, जस्तो पनि लाग्दथ्यो । यसैले पनि होला मलाई खेलप्रति माया बसेको ।
सुनार अहिले बुटवलको कालिका मानव माध्यमिक विद्यालयमा अध्ययनसँगै खेल जीवनलाई पनि अगाडी बढाईरहेका छन् । पहिले गाउँमा दाईहरू खेलेको देखेर सिकेका उनलाई अहिले शिक्षकले प्रोत्साहन गर्दे खेल्न उत्साहित गराइरहेका छन् । गाँउमा फुर्सदमा रमाईलोका लागि खेले पनि अहिले व्यवसायिक रूपमा नै खेल सिकिरहेका सुनारलाई राष्ट्रिय खेलाडी बन्ने रहर छ । राष्ट्रका लागि खेल्ने धोको छ । उनी भन्छन्, देशका लागि खेलिरहेका खेलाडी देख्दा म आफूलाई देखिरहेको हुन्छु । यो मेरो सपनामा म मात्रै होईन मेरो परिवार र विद्यालय परिवारको पनि सपना जोडिएको छ । सुनारले अहिले सम्म आफू सहभागी भएको पालिकास्तरीय भलिबल र राष्ट्रपति रनिङ्गशिल प्रतियोगितामा प्रथम उपाधि जितिसकेका छन् ।
बुटवल चरङ्गेकी भुमिका दिशामगर तेक्वान्दो खेलाडी हुन् । आफनो सुरक्षाका लागि भनेर तेक्वान्दो सिकेकी उनलाई अहिले यो खेल अति प्रिय लाग्छ । उनी भन्छिन् यो खेलबाट धेरै कुराहरू सिक्न पाए त्यो महŒवपूर्ण पाटो हो । शुरुमा जसरी सामान्य लिए त्यो भन्दा बेग्लै रहेछ । अहिले त यो खेल नशा जस्तै भएको छ ।
शुरु बुवा आमाले कम्तिमा छोरी आफ्नो सुरक्षा गर्न सकोस् भनेर खेल्न पठाउनु भएको हो तर यहाँ आफनो सुरक्षा मात्र होईन खेलका हरेक पक्षले जीवनलाई नै सुरक्षित बनाइरहेको छ । यहाँ अनुशासनका कुरा पनि छन् । त्योसँगै खेलले बिस्तारै बेग्लै पहिचान समेत बनाउन थालेको अनुभुति हुँदैछ मलाई । मगर अहिले बुटवलको कालिकामानव माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययरत छिन् ।
कालिका माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्ने सुमित जिसी कबड्डीका खेलाडी हुन् । सानैमा गाँउघरमा साथी भाई मिलेर रमाईलोका लागि आफूहरू खेल्ने खेल भएकाले पनि सुमितका लागि यो खेल प्राथमिकतामा परेको बताए । सानोमा खेलेको खेललाई अहिले विद्यालयमा खेल्न पाउँदा खुशी लागेको छ विद्यालयमा कवड्डी खेललाई प्राथमिकतामा राखेर खेल्ने अवसर राम्रो पक्ष हो ।
यो खेलप्रति सुमित जस्तै धेरै खेलाडीको झुकाव रहेको छ । कबबडी खेलको गाँउदेखि राष्ट्रिय स्तरसम्म चर्चा छ । त्यसैले पनि यो खेलप्रति धेरैको रुची बढेको सुमितको भनाई छ ।
करुणा गाहामगर भलिबल खेलाडी हुन् । पाल्पाको रिब्दीकोटकी मगर कक्षा १० मा अध्यन्न गर्दछिन् । भलिवल आफ्नो रोजाईको खेल त्यस माथि परिवारको साथ, सहयोग र विद्यालयले खेललाई प्राथमिकतामा राख्नु पनि राम्रो पक्ष भएको बताईन । गाँउमा दाईहरू खेलेको देखदा खेल्न मन लाग्दथियो तर खेल्न पाएनन् यहाँ आएपछि विद्यालयमा नै पढाईसँगै भलिबल खेल्न पाउदा अत्यन्त खुशी लागेको गाहा मगरले सुनाईन ।
कालिका मानव माध्यमिक विद्यालयका खेल प्रशिक्षक हरिस वलीले विद्यालयमा खेल प्रति रुचि राख्ने विद्यार्थी र अभिभावक दुबैका कारण नै विद्यालयले खेललाई प्राथमिकतामा राखेको बताए । उनले पछिल्लो समयमा खेलकुद अत्यन्त अनिवार्य भएकाले पनि विद्यालयमा प्रशिक्षकको व्यवस्था नै गरेर विद्यार्थीहरूलाई खेलकुदमा अगाडी सारिएको बताए । उनले विद्यालयमा विद्यार्थीको रुचि अनुसार कक्षागत छनोट गरे पछि विशोष कक्षामा खेलकुद सम्बन्धी अध्ययन गराउने बताए । विहान ६ बजेदेखि ७ः३० सम्म र साझ ४ः ३० बाट ६ बनेसम्म खेल कक्षा सञ्चालन हुन्छ । अहिले यस विद्यालयमा १ सय ८४ जना विद्यार्थीहरूले खेल कक्षामा सहभागिता जनाईरहेका छन् । यहाँ ९० जना छात्राको सहभागिता रहेको विद्यालयका खेल प्रशिक्षक वलीले बताए । उनले यसै विद्यालयका विद्यार्थी सलिन देवान लङ्गजम्प राष्ट्रिय कृतिमान राखेको भन्दै खुशी व्यतm गरे ।
उनले अहिले यस विद्यालयलमा भलिबल, एथलेटिक्स, कबवड्डी, तेक्वान्दो खेलमा प्रशिक्षकको व्यवस्था सहित अध्ययन भइरहेको छ । यस विद्यालयमा खेल अध्ययन गरेका मध्ये १ जना भलिबल, कबवडीमा ७ जना, तेक्वान्दोमा ३ जना र करातेमा १ जना विद्यार्थी राष्ट्रिय खेलाडीको रूपमा परिचित भइसकेको वलीले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले पढाईसँगै खेल पनि अति आवश्यक पर्ने भएकाले विद्यालयले खेल शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले विद्यार्थीहरूका फरक फरक रुचि हुने भएकाले पनि विद्यालयले विधागत अध्यापनलाई जोड दिएको हो । उनी भन्छन्, पछिल्लो समयमा खेललाई हेर्न नजर अत्यन्त सकारात्मक छ । त्यसैले पनि हामी शिक्षकहरूको व्यवस्था नै गरेर विद्यार्थीहरूलाई अतिरिक्त समयमा खेलकुदका विषय अध्यापन गराएका छौ । यसले विद्यार्थीको चाहनालाई प्रोत्साहन गरेको छ ।
साभार . बुटवल टुडे


प्रकाशित : २०८१ पुष ३, बुधबार १२:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
प्रतिक्रिया

यो पनि पढौँ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

भर्खरै

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech