मोटरसाइकल दुर्घटनामा हुँदा झापामा एक जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

४ पुष २०८१, बिहीबार

मोटरसाइकल दुर्घटनामा परी झापाको मेचीनगरमा एक जनाको ज्यान गएको छ।

बुधबार ९.२० बजे मेचीनगर नगरपालिका(८ मकरेचौकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टीदेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर नगरपालिका(६ बस्ने ३४ वर्षीय दिवस प्रधान घाइते भएका थिए।

उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका थिए।


प्रकाशित : २०८१ पुष ४, बिहीबार १२:२४