ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का

लुम्बिनी दर्पण २०८१ पुष १३, शनिबार ११:४२
[sharethis-inline-buttons]

१३ पुष २०८१,
पुस लागेपछिको १३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पटक गएराति ११ बजेर ३७ मिनेटमा कालीकोटको लाली आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । गएको पुस २ गते बझाङको धामेना आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव ३ र पुस ३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यस्तै पुस ४ गते मनाङको नेस्याङ केन्द्रविन्दु भएर ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गयो । यस्तै पुसको ६ गते बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा १ सयभन्दा धेरै घर तथा दुई वटा विद्यालयमा क्षति पुर्‍याएको थियो । पुसको ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युड र पुसको ११ गते जाजरकोटको नायकवाडा केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पोहोर कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पपछि पश्चिम नेपालमा ५ वटा परकम्प गएको केन्द्रको तथ्याङ्क छ ।
पश्चिम क्षेत्रमा निरन्तरजसो साना तथा मझौला खालका भूकम्पको धक्का महसूस हुँदै आएको छ । जाजरकोट, बाजुरा, बझाङ, डोटीलगायतका जिल्लामा पटक पटक भूकम्प गइरहेका छन् । जाजरकोट भूकम्पले भौतिक संरचनामा पुर्‍याएको क्षतिको अहिलेसम्म पनि पुनर्निर्माणको काम हुन सकेको छैन । पीडित नागरिक अहिले पनि अस्थायी आवासमा छन् ।
भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिम क्षेत्र उच्च जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन् । पूर्वसतर्कता अपनाउन र भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिन विज्ञको सुझाव छ ।
नेपालमा २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रकाशित : २०८१ पुष १३, शनिबार ११:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech