शुद्धोधन गाउँपालिका सहकारी सञ्जालको प्रथम बार्षिक साधारण सभा सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

नगेन्द्र के.सी
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा सहकारीको दिगोपना, स्वनियमन र सुशासनको मुल नाराका साथ शुद्धोधन गाउँपालिका सहकारी सञ्जालको प्रथम बार्षिक साधारण सभा कार्यक्रम शुक्रबार मानपकडी होटल एण्ड पार्टी प्यालेसको सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ।

सञ्जालका अध्यक्ष लोकबहादुर खत्रीको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले पानशमा दीप प्रज्वोलन गरि उद्घाटन गर्नुभएको थियो।सञ्जालका उपाध्यक्ष जंगबहादुर यादवको स्वागत तथा सचिव दिनेशचन्द्र मिश्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो प्रथम वार्षिक साधाणसभामा समितिका अध्यक्ष लोकबहादुर खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुती साधारणसभाले सर्वसम्मत पारित गरेको थियोे ।


प्रकाशित : २०८१ पुष १३, शनिबार १५:०१