लागूऔषधसहित परासीबाट दुई जना पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

तिलोत्तमा,
पश्चिम नवलपरासीको सुनवलबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिका(२ बस्ने २० वर्षका भुवननाथ कुर्मी र १५ वर्षका एक बालक रहेका छन् ।उनिहरूलाई सुनवल नगरपालिका(२ स्थित भित्री सडकमा चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट नाइट्रोभेट(५ हजार ३ सय १० ट्याब्लेट, फेनारगन १ सय ८९ एम्पुल, डाइजेपाम १ सय ९० एम्पुल , ब्रुपोनोरफिन १ सय ९० एम्पुल र स्पास्मो २ सय ५६ क्याप्सुल बरामद भएको छ ।पक्राउ परेकालाई जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८१ पुष १६, मंगलवार १२:३१