बसले थिच्दा सशस्त्र प्रहरी निरीक्षकको ज्यान गयो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुधबार, १७ पुस २०८१
सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । प्रहरी निरीक्षक विजयकुमार तुलाधरको ज्यान गएको हो ।
गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा बसले उनलाई थिचेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।


प्रकाशित : २०८१ पुष १७, बुधबार १३:२५