ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सल्यानको विद्यालय शिक्षा अभ्यासः कक्षामा पढाउँदै, टोल पुगेर सोध्दै

लुम्बिनी दर्पण २०८१ पुष १८, बिहीबार ११:१७
[sharethis-inline-buttons]

 

१८ पुष २०८१,  बिहीबार
शैक्षिक गुणस्तर वृद्धि तथा विद्यार्थीको बहुआयामिक विकासका लागि सल्यानका सामुदायिक विद्यालयहरूले विभिन्न प्रयास गर्दै आएका छन् । यसैक्रममा जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित कालिका माध्यमिक विद्यालयले शिक्षण पद्धतिलाई आधुनिक र विद्यार्थीमुखी बनाउँदै लगेको छ । शैक्षिक गुणस्तर बढाउनका लागि र बालवालिकाको विविध क्षमता विकासलाई प्राथमिकतामा राख्दै विभिन्न नविनतम क्रियाकलाप र कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक चुडामणी केसीले जानकारी दिए ।
कालिमा माध्यमिक विद्यालयले २०६७ सालमा निकै ठूलो विपत्तिको सामना गर्नुपर्यो । अविरल वर्षाका कारण राप्ती लोकमार्गमाथी रहेको विद्यालयका ४ वटा भवन सडक संगै भासिएका थिए । त्यसपछि नजिकै अर्को स्थानमा विद्यालय सञ्चालन गरिएको थियो । विभिन्न उतारचढावका बीच अगाडि बढिरहेको यस विद्यालयले नियमित रूपमा अभिभावकहरूसँग अन्तक्र्रिया तथा अभिभावक कक्षा, अतिरिक्त क्रियाकलाप, कोचिङ कक्षा, टोल भ्रमण, योग अभ्यास लगायतका शिक्षा सुधारका काम गर्दै आएको छ ।
विद्यालयले प्रत्येक महिनामा अभिभावकहरूसँग गोष्ठी र अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नेगरेको प्रअ केसी बताउँछन् । ‘विद्यार्थीको प्रगतिमा अभिभावकको प्रत्यक्ष भूमिका हुन्छ’, उनले भने, ‘विद्यालय र अभिभावकबीच सुमधुर सम्बन्ध कायम गर्नका लागि अभिभावकसंगको गोष्ठी र अन्तक्र्रियाले महत्वपूर्ण सहयोग पु¥याएको छ ।’
यसैगरी विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्न शिक्षकहरू टोलसम्म पुग्ने गरेका छन् । यी भ्रमणहरूले उनीहरूलाई आफ्नो समुदाय, स्थानीय संस्कृति र सामाजिक विषयवस्तुहरूसँग जोड्न मद्दत पु¥याएको विद्यालयको भनाइ छ । विद्यार्थीलाई दैनिक रूपमा लेखन अभ्यास गराउन डे बुक लेखन अनिवार्य गरिएको छ । यसले उनीहरूको लेखन शैली, आत्मअनुशासन र सोच्ने क्षमतामा सुधार ल्याउने विद्यालयको अपेक्षा छ ।
विद्यालयले विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि गर्न नियमित कोचिङ कक्षाहरू सञ्चालन गर्दै आएको प्रअ केसी बताउँछन् । यस्ता कक्षाहरूले विद्यार्थीको कमजोर विषयमा सुधार गर्न सहयोग पु¥याएको छ भने प्रतिस्पर्धात्मक परीक्षा तयारीका लागि पनि फाइदा पुगेको उनको भनाइ छ । कालिका माविले समयसापेक्ष नयाँ प्रविधि अपनाउँदै स्मार्ट बोर्ड, प्रोजेक्टर र अनलाइन शैक्षिक सामग्रीहरूको प्रयोगलाई प्राथमिकतामा राखेको छ । शिक्षणलाई सहज, रोचक अनी प्रभावकारी बनाउनका लागि नयाँ नयाँ प्रविधिले टेवा पुर्याएको शिक्षकहरू बताउँछन् ।
विद्यार्थीको मानसिक स्वास्थ्य, शारीरिक सन्तुलन र ध्यान केन्द्रित गर्नका लागि योग कक्षाको व्यवस्था पनि विद्यालयले गरेको छ । यसले विद्यार्थीको तनाव कम गर्न र ध्यान केन्द्रित गर्न मद्दत पु¥याएको विद्यालयको भनाइ छ । यसैगरी शारीरिक तन्दुरुस्ती र एकताको भावना विकासका लागि विद्यालयले विभिन्न खेलकुद कार्यक्रमहरू र विद्यार्थीहरूको सिर्जनात्मक एवम् सांस्कृतिक क्षमता विकासका लागि नियमित रूपमा अतिरिक्त क्रियाकलापहरू संचालन गर्नेगरिएको विद्यालयका प्रअ केसीले जानकारी दिए ।
अभिभावकहरूले विद्यालयका गतिविधि, नवीनतम कार्यक्रम तथा विद्यार्थीकै हितमा केन्द्रित प्रयासहरू देखेर खुसी व्यक्त गर्नेगरेका छन् । विद्यालयको प्रयासले आफूहरू खुसी रहेको अभिभावक मोहनलाल पुनले बताए । आफ्ना बालबालिकाको शैक्षिक सुधार, अनुशासन एवम् आत्मविश्वासमा भएको वृद्धि देखेर खुसी लाग्ने गरेको अर्का अभिभावक पवित्रा बुढा बताउँछिन् । अभिभावकहरूले विभिन्न सुझावहरू समेत दिनेगरेको विद्यालयले जनाएको छ । कालिका माविले प्रदान गरेको अतिरिक्त कोचिङ, डे बुक लेखन, टोल भ्रमणजस्ता क्रियाकलापहरूले बालवालिकालाई व्यवहारिक ज्ञान प्रदान गर्न टेवा पु¥याएको अभिभावकहरूको प्रतिक्रिया रहेको छ । अभिभावकहरू हरि बहादुर घर्ती र झुपलाल घर्तीले पनि विद्यालयको क्रियाकलाप सन्तोषजनक रहेको भन्दै अझै निरन्तर रूपमा शैक्षिक सुधारका काम हुनुपर्ने बताउँछन् ।
विद्यालयमा हाल ४१५ विद्यार्थी अध्ययनरत छन् भने शिक्षक संख्या १७ जना रहेको छ । आफ्ना शैक्षिक क्रियाकलापहरूलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि थप भवनको अभाव रहेको प्रअ केसीले बताए । यसका साथै प्रविधियुक्त शिक्षाका लागि कम्प्युटरहरूको पनि अभाव रहेको उनको भनाई छ ।

 


प्रकाशित : २०८१ पुष १८, बिहीबार ११:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech