नेपाल अङ्ग्रेजी शिक्षक जिल्ला कार्यसमिति नेल्टा कपिलवस्तु द्वारा आयोजित तथा वाणगङा नगरपालिकाको आर्थिक सहयोग र सिद्धार्थ क्याम्पस वाणगङा कपिलवस्तुको सहयोगमा नेल्टा कपिलवस्तुले आफ्नो सातौ वार्षिक साधारण सभाको अवसरमा सो कार्यक्रम आयोजना गरेको हो।
उत्त कार्यक्रमको उदघाटन सत्रको कार्यक्रम नेल्टा कपिलवस्तु शाखा अध्यक्ष गोविन्द पोख्रेलको अध्यक्षता वाणगङा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्य, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीको बिशेष आतिथ्य रहेको कार्यक्रममा अतिथिहरु तिर्भुवन बिश्वबिधालय क्षेत्रीय परिक्षा पोखराका सह-नियन्त्रक डा रोमनाथ न्यौपाने नेल्टा लुम्बिनी प्रदेश अध्यक्ष गोपाल प्रसाद बस्याल, सिद्धार्थ क्याम्पस का क्याम्पस प्रमुख बेदराम अर्याल, नेल्टा कपिलवस्तुका सस्थापक अध्यक्ष गोविन्द खनाल, नेल्टा लुम्बिनीका उपाध्यक्ष कृष्ण भट्टराई, नेल्टा कपिलवस्तु शाखाका कार्यसमितिका पदाधिहरु नेल्टा आजिवन सदस्य हरु र जिल्ला भित्रका माध्यमिक तहमा अध्यापनरत शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षक द्वय गोपाल बस्याल र गोविन्द खनालले सहजीकरण गर्नुभएको थियोे ।उक्त कार्यक्रममा नेल्टा कपिलवस्तुका पुर्व पदाधिकारीहरुलाइ सम्मान गरिएको थियो।
त्यसैगरी समापन सत्रको कार्यक्रम वाणगङा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि सिको प्रमुख आतिथ्य तथा महाराज गन्ज नगरपालिकाका शिक्षा शाखा प्रमुख रोशन घिमिरे मायादेवी गाउपालिकाका शिक्षा शाखा प्रमुख माधब घिमिरे शुद्दोधन गाउँ पालिकाका शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्मा सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा प्रशिक्षक गोविन्द खनाल बिज्ञान समाज कपिलवस्तु जिल्ला संयोजक माधव घिमिरे लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नेल्टा कपिलवस्तुको वार्षिक प्रगती प्रतिवेदन अध्यक्ष गोविन्द पोख्रेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष घनश्याम गैरेले प्रस्त्तुत गर्नुभएको थियो। सहभागीहरु निलकण्ठ भुसाल र मधु शर्माले अनुसन्धान कार्यशाला सहभागीका लागि निकै उपयोगी भएको कुरा राख्नुभएको थियोे ।
प्रमुख अतिथि नगर प्रमुखले अनुसन्धान लेखन कार्यक्रम शिक्षण सुधारको लागि रामवाण रहेको कुरा बताउनु भएको थियो। नेल्टाका सहसचिव बिजय चौवेको स्वागत र सचिव नानुमाया बरालको संचालनमा भएको कार्यक्रम सिद्धार्थ क्याम्पस वाणगङा कपिलवस्तुमा सम्पन्न भएको थियोे ।



प्रकाशित : २०८१ पुष २६, शुक्रबार २१:०२















