
लुदस , कोपवा
लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थीले सहकारी समस्या टाउकोमा समस्या नाईटोमा उपचार जस्तै भएको बताए । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नं. ५, कोपवा स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११औं साधारण सभामा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै उनले काठमाण्डौं, पोखरा , बुटवल जस्ता शहरका केही सहकारीमा समस्या भएका कारण कपिलवस्तुमा मजबुद रहेका सहकारीले समेत आलोचना खेप्नुको साथै सरकारले त्यस्तै ऐन नियमावली ल्याएको भन्दै केही सहकारीका कारण समग्र सहकारीले दु : ख झेल्नु परेको बताएका हुन् । कपिलवस्तुका विभिन्न पालिकामा रहेका सहकारी संस्थाहरू मजबुत रहेको र पारदर्शी हिसाबले सञ्चालन भएको बताए ।
उनले उक्त कार्यक्रमको उद्घाटन गर्दै सहकारीहरूको महत्त्व र तिनीहरूको विकासमा सहभागी सबैको योगदानको प्रशंसा गरे।
कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्र अर्यालले , नगरभित्र करिव ४ अर्व लगानीका सहकारी भएको र सहकारीले ३ खम्बे अर्थ निति अनुसार महत्वपुर्ण योगदान पुर्याएको बताए । नेपाल कृषि सहकारी केन्द्रीय सदस्य पदमप्रसाद खनाल, वडा नं. ५ का वडाध्यक्ष दुनिका प्रसाद भुसाल, वडा नं. ६ का वडाध्यक्ष करूण टण्डन लगायतका अतिथिहरूले संस्थाको कार्यप्रति शुभकामना दिँदै पूर्ण सफलताको शुभकामना व्यक्त गरे।
संस्थाकी अध्यक्ष मालिका पोख्रेलले २०७० साल कात्तिक ४ गते डिभिजन सहकारी कार्यालय तौलिहवामा दर्ता भएको र २०७१ साल बैशाख २९ गतेबाट संस्थाको व्यवस्थापन हस्तान्तरण गरेर सञ्चालन सुरू गरिएको जानकारी दिइन्। उनले आगामी वर्ष २०८१/०८२ का लागि विभिन्न लक्ष्यसहित भावी योजनाहरू प्रस्तुत गरिन्।
संस्थाकी प्रबन्धक रोमा खनालले यस वर्षको शुद्ध नाफा ३२ लाख ८० हजार ६९० रुपैयाँ रहेको जानकारी दिँदै १ करोड १६ लाख ३७ हजार ४ सय बराबरको आय–व्यय सार्वजनिक गरिन्। संस्थाका सदस्य बिष्णु ज्ञावलीले लेखाप्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ८ सय ९४ जना कुल शेयर सदस्य रहेको जानकारी दिए।
यस अवसरमा संस्थाले असल ऋणी, ज्येष्ठ नागरिक, बाल बचतकर्ता र कृषि उद्यमीहरूलाई नगद, जिन्सी र खादासहित पुरस्कार वितरण गरेको थियो। कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी, शेयर सदस्य, समाजसेवी बुद्धिजीवी लगायतका विशिष्ट व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
उपप्रमुख रिता कुमारी चौधरीको विशेष उपस्थिती थियो । कार्यक्रमको उपाध्यक्ष पार्वती आचार्यले गरेकी थिईन् । अध्यक्ष पोख्रेललको अध्यक्षतामा संम्पन्न कार्यक्रमको संन्चालन व्यवस्थापक रोमा खनालले सञ्चालन गरेकी थिईन् ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडले यस कार्यक्रममार्फत आफ्नो प्रगति र आगामी योजनाहरू प्रस्तुत गर्दै संस्थाको विकास र सदस्यहरूको हितमा निरन्तर कार्य गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

