
लुदस, जीतपुर
गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा १ उप्टहवा, कपिलवस्तुको ७ औं वार्षिक साधारणसभा आज संम्पन्न भएको छ । संस्थाको कार्यालयमा संम्पन्न साधारणसभामा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद तथा पुर्व स्वास्थ्य मन्त्री विष्णु पंन्थीले १ घर १ घारा अभियान लुम्बिनी प्रदेशको रहेको हुदाँ सवैका घर घरमा शुद्ध पानीको धारा जडान गरेर सुरक्षित नगर, पुर्ण सरसफाई जिल्ला र प्रदेश अभियानलाई साकार पार्नुपर्ने भन्दै खानेपानी शुद्धताका लागि नियमित चेकजाँजमा जोड दिनुपर्ने बताएका थिए ।
विशिष्ट अतिथि नेपाल खानेपानी महासंघ का केन्द्रिय सदस्य विश्व कार्किले बाणगंगाका खानेपानीहरु उपभोक्ता मुखि मात्र नभएर सामाजिक उत्तरदायित्व मुखि हुनुपर्ने भन्दै अति आवश्यकिय दमकल सेवालाई छिटो र सहज बनाउनका लागि पाईपलाईनमा दमकल पोईन्टहरु राख्नुपर्नेमा जोड दिएका थिए । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला अध्यक्ष तथा भु.पु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले नेपाल खानेपानी शुद्धिकरणका क्षेत्रमा अन्य मुलुक भन्दा अगाडी रहेको जिकिर गर्दै कहिलेकाहीँ समस्या र चुनौतीहरु भई नै रहने हुदाँ अनुगमनकारी निकायलाई सहयोग गरि पारदर्शी, व्यवस्थीत र सुरक्षित हुन जोड दिएका थिए ।
यससंगै कार्यक्रममा उद्योग बाणिज्य संघ कपिलवस्तुका वस्तुगत सदस्य शालिकराम भुषाल , बाणगंगा नगरपालिका वडा नं १ कि सदस्य टोपकला वि.सी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमममा गजेहडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजकुमार खाँणले सवै अतिथि उपभोक्ता तथा आमन्त्रितहरुलाई धन्यवाद ज्ञापन गर्दै खानेपानीले बाणगंगा नगरपालिका संगै वडा नं १ र ४ मा सेवा दिदै आएको र आगामी दिनमा क्षेत्र विस्तार गर्दै जाने बताए । उनले खानेपानी अभियानमा साथ सहयोग गर्ने सम्पुर्णप्रति आभार व्यक्त समेत गरेका थिए । कार्यक्रममा संस्थाका सचिव बुद्धि बहादुर शाहीले ले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २४ सै घण्टा संस्थाले पानी पुर्याउदै आएको बताए । उनले गत १ वर्षमा भएका उल्लेख्य कामहरुको साराशंसमेत पेश गरेका थिए । संस्थाकी कोषाध्यक्ष नमुना पौडेलले आर्थिक प्रतिवेदनका साथै चुरे क्षेत्र दोहन र बढदो शहरीकरणका संगै शुद्ध खानेपानीका मुहान सुक्ने चुनौति रहेका औल्याएकी थिईन् ।

