ताजा अपडेट

वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हमासले ४२ दिनमा यसरी रिहा गर्नेछ गजामा बन्धक बनाइएकाहरूलाई

लुम्बिनी दर्पण २०८१ माघ २, बुधबार १०:५७
[sharethis-inline-buttons]

इसराइल हमास युद्धको १४ महिनापछि गजामा युद्धबिराम हुने करिब निश्चित भएको छ।कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको पहलमा गजा क्षेत्रमा लामो समयदेखिको इसराइली आक्रमण अब रोकिने अवस्थामा पुग्ने देखिएको छ।हमास र इसराइलबीच युद्धविरामको सम्झौता मंगलबार हुने भनिएपनि सम्झौताको बुँदामा रहेका केही प्रावधानमाथि इसराइलले असहमति जनाएका कारण मंगलबार युद्धविराम घोषणा हुन नसकेको भनेर समाचार संस्था एशोसियटेड प्रेस एपी ले लेखेको छ।तर युद्धविरामका लागि दुवै पक्ष अहिलेसम्मकै सबैभन्दा नजिकमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।युद्धविरामको मध्यस्थ गरिरहेको कतारले सोमबार दुवै पक्षलाई सम्झौताको मस्यौदा पठाएको थियो। यसलाई इसराइल(गजा युद्धबिरामको ‘ब्रेक थ्रु’ भनिएको छ।मध्यरातमा भएको ब्रेकथ्रुमा हमास, इसराइल, अमेरिकी राष्ट्रपति जो बाइडेन र जनवरी २० देखि राष्ट्रपति पद सम्हाल्न लागेका डोनाल्ड ट्रम्पका प्रतिनिधिहरू पनि थिएएपीले उक्त सम्झौतामा भएका महत्त्वपूर्ण बुँदाहरू सार्वजनिक गरेको छ।सम्झौताअनुसार युद्धविराम सुरूमा ४२ दिनको हुनेछ। त्यसअवधिमा हमासले ३३ जना बन्धक रिहा गर्नेछ भने इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी नागरिकहरूलाई रिहा गर्नेछ।
युद्धविराम घोषणा भएको पहिलो दिन हमासले तीन जना बन्धक रिहा गर्नेछ। सुरूमा महिला र इसराइली सेनालाई हमासले बन्धकमुक्त गर्नेछ। हमासले बन्धकमुक्त गर्ने एक इसराइली नागरिकको बदलामा इसराइलले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ।त्यसको एक सातापछि हमासले चार जना बन्धक रिहा गर्नेछ भने त्यसको बदलामा तोकिएअनुसारको कैदी इसराइलले रिहा गर्नेछ। त्यसपछि एक एक सातामा हमासले बन्धक रिहा गर्ने र इसराइलले प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौतामा उल्लेख छ। यहाँ अर्को समस्या हुनसक्ने भनेर पनि एपीले लेखेको छ। ‍
पहिलो चरणको युद्धविरामको ४२ दिनभित्रै अर्को सम्झौता गरिसक्नुपर्ने चुनौती मध्यस्तकर्ताहरूलाई रहनेछ। यदी ४२ दिनभित्रै दोस्रो चरणको युद्धविराम सम्झौता नभए इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने खतरा उत्पन्न भएको छ। पहिलो चरणको युद्धविरामको समयमा इसराइली सैनिक गजाबाट नफर्कने बरू त्यहाँका वस्तिबाट किनारतिर सर्ने भनिएको छ।त्यस अवधिमा त्यहाँबाट अन्यत्र भागेकाहरू गजामा फर्केर मानवीय सहायता लिन सक्नेछन्।
४२ दिनपछि हुने दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ। दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गजा क्षेत्रबाट फर्कने भनिएको छ।तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इसराइली बन्धक र इसराइलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने छ। त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने सम्झौतापत्रमा उल्लेख छ।हमासले युद्धविरामको सम्झौतामा सहमति जनाइसकेको भनेर दुई अधिकारीहरूलाई उद्धृत गर्दै एपीले लेखेको छ।
तर इसराइलले भने केही बुँदामा असहमति जनाएको र त्यसलाई संशोधन गर्नुपर्ने भएकाले तत्कालै सहमति गरिनसकेको बताइएको छ।हमासको बन्धकमा नेपालका विपीन जोशी पनि छन्। गजामा हुन लागेको ब्रेकथ्रुले विपिन जोशीको रिहाइको आशा प्रबल बनाएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिका(३ का हुन् विपिन । उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ुलर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत अघिल्लो वर्षको भदौमा इसराइल गएका थिए।त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुगेका थिए। विपिनलगायत १७ जना एउटै फार्ममा काम गर्थे। असोज २० गते शनिबार हमासको आक्रमणमा उनीहरूमध्ये १० मारिए।हमासले गोली बर्साउन थालेपछि विपिन साथीहरूसँग बंकरभित्र लुकेर बसेका थिए। विपिनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएको भनेर नेपाल फर्किएकाहरूले बताएका थिए।पछि हमासले बंकरभित्रै पुगेर गोली चलाई विपिनलाई तानेर लगेको उनीहरूले बताएका छन्।त्यसयता मंसिर ३ गते इसराइली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्स ९ट्वीटर० मा भिडिओ सार्वजनिक गरेको थियो। त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो।आइडिएफले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो। आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपिन् रहेको आकलन गरिएको थियो।युद्धको ४८ दिनपछि गजामा केही दिन युद्धविराम भएको थियो। त्यतिबेला एक सय भन्दा बढी इसराइली बन्धकहरू रिहा भएका थिए। इसराइलले युद्धविरामको समयमा पनि आक्रमण गरेको बताएर हमासले बन्धक नछाडेपछि इसराइलले गजामा सेना नै पठाएर आक्रमण सुरू गरेको थियो।इसराइली आक्रमणमा ठूलो संख्यामा प्यालेस्टिनी नागरिकहरु मारिएको भन्दै अन्तर्राष्ट्रिय शक्तिहरूले युद्धविराम गर्नुपर्न विषयलाई जोडतोडका साथ उठाएका थिए। पछिल्लो समय युद्धविरामको पहल कतारले गरिरहेको भनेर पनि रोयटर्सले लेखेको छ।दुई पक्ष युद्धविरामको नजिक पुग्दा नेपालका विपिन जोशी फर्केर आउने आश बढेको छ।
सोमबार संसदीय समितिको बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले विपिन जोशी जिवित रहेको र चाँडै नेपाल फर्कने बताएकी थिइन्।

 


प्रकाशित : २०८१ माघ २, बुधबार १०:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा
  • प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट
  • जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती
  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र
  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

भर्खरै

  • वेयलफेयरमा युवा  कपिलवस्तु महोत्सवको १६ औं संस्करण नयाँपन दिने कसरतमा

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा साईकलयात्रीलाई निशुल्क खाजा प्रदान

  • संविधान र गणतन्त्रको रक्षाका निम्ति एमालेले जनप्रदर्शन गरेको हो: ईन्चार्ज न्यौपाने

  • प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

  • हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

  • जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech