रक्तचन्दनसहित काठमाडौंको पेप्सीकोलाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।मंगलबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर १४ का ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक घर भई पेप्सीकोला बस्दै आएका ४० वर्षीय ज्ञानबहादुर तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो।
रक्तचन्दन कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए।ुउनीहरूको साथबाट ४ सय ६२ किलो रक्तचन्दन फेला परेको थियो, बोरा र डोरी छुट्याएर जोख्दा ४ सय ३२ किलो रक्तचन्दन देखिएको छ,ु एसपी आचार्यले भने।उनीहरूले भारतबाट रक्तचन्दन ल्याएर तिमल्सिनाको कोठामा राखेका थिए। तिमल्सिना भने पेप्सीकोलामा कोठा भाडामा बस्दै आएका थिए। यो रक्तचन्दन कहिले, कसरी ल्याएका थिए र कसका लागि ल्याएका थियो भन्ने खुलिसकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने उनीहरूले केही महिना अगाडि नै रक्तचन्दन ल्याएको र अर्को व्यक्तिलाई बुझाउने तयारी गर्दै गरेको पाइएको छ।यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी आचार्यले जानकारी दिए।
पेप्सीकोलाबाट चार क्विन्टल बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
लुम्बिनी दर्पण
२०८१ माघ २, बुधबार १३:४१
[sharethis-inline-buttons]
प्रकाशित : २०८१ माघ २, बुधबार १३:४१















- तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार
- डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड
- रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख
- रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?
- मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो
- भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो
- अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा
- ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?
- देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्
- गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’


लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६,
९८६७८३६४१८
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
Team
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
Follow Us
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech