बाणगंगामा दुई मोटरसाईकल ठोक्किंदा दुई जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।वाणगंगा नगरपालिका–११ स्थित भित्री सडकखण्डमा गएराति करिब १०ः३० बजे नेपाली र भारतीय नम्बर प्लेट भएका दुई मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको भारतीय मोटरसाइकल चालक, कपिलवस्तु शुद्धोदन गाउँपालिका–३ निवासी ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको नेपाली मोटरसाइकल चालक, सैनामैना–४ निवासी २७ वर्षीय रोमन थारु रहेका छन्। उनीहरूको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन्।यस दुर्घटनामा २६ वर्षीय अजय थारु घाइते भएका छन्। उनको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रकाशित : २०८१ माघ ३, बिहीबार १०:२१