सुन चाँदीको मूल्य आज पनि उकालो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर १८ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदीको भाउ प्रतितोला १८ सय ३० रुपैयाँ कायम रहेको थियो ।


प्रकाशित : २०८१ माघ ३, बिहीबार १२:४४