ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्षमा भुसालको उम्मेदवारी

लुम्बिनी दर्पण २०८१ माघ ३, बिहीबार १५:२८
[sharethis-inline-buttons]

पशुस्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद्को केन्द्रीय उपाध्यक्षमा लोकराज भुसालको उम्मेदवारी परेको छ ।

आगामी २०८१ माघ १८ गते हुने निर्वाचनका लागि उहाँको उम्मेदवारी परेको हो ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय अध्यक्षसमेत रहनुभएका भुसालले संस्थापक पेसागत व्यवसायी समूहको तर्फबाट आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

यसबाहेक सत्तारूढ काङ्ग्रेस र एमालेको एउटा मोर्चा र माओवादी केन्द्र र मधेसी सङ्गठनको अर्को मोर्चाले चुनावमा उम्मेदवारी दिएको छ ।

१९ सदस्यीय परिषद्को केन्द्रीय कार्यकारिणी समितिमा १२ जना पदाधिकारी तथा सदस्यका लागि अहिले चुनाव हुन थालेको छ ।

अध्यक्षसहित बाँकी सात जना भने सरकारको तर्फबाट नियुक्त गरिने कानुनी प्रावधान रहेको छ ।

कानुनअनुसार एक उपाध्यक्ष, दुई महिला सदस्य र दुई खुल्ला सदस्यका लागि १३ हजार एक सय तीन जना मतदाताले देशैभरिबाट मतदान गर्ने छन् । त्यस्तै, प्र्रत्येक प्रदेशबाट एकरएक जना सदस्यका लागि सम्बन्धित प्रदेशबाट मतदान हुने छ ।

परिषद्मा दर्ता भएका देशैभरिका पशु, मत्स्य तथा दुग्ध प्राविधिक तथा विशेषज्ञ मतदाताको रूपमा आआफ्नो प्रदेश सदरमुकामबाट मतदान गर्ने छन् ।

भुसाल परिषद्को परिकल्पनाकार
उपाध्यक्ष पदका उम्मेदवार भुसालले आफू परिषद्को परिकल्पनाकार तथा संस्थापक भएको दाबी गर्नुभयो ।

युगदर्शनलाई प्रतिक्रिया दिँदै उहाँले २०४६ सालको जनआन्दोलनदेखि नै आफूहरूले यस क्षेत्रमा पेसागत सङ्गठन बनाउन तथा ऐन ल्याउनका लागि आवाज उठाएको बताउनुभयो ।

‘हामीले २०४६ सालदेखि नै नेपाल पाराभेटनरी तथा लाइभस्टक एसोसियसनको परिकल्पना गरेका थियौँ’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा २०४७ असार १६ गते एउटा छलफल भयो र सोही साल माघमा भेटनरी काउन्सिल स्थापना भएको थियो ।’

उहाँले यस क्षेत्रका प्राविधिक तथा विशेषज्ञको हकहित र अधिकारको लागि ऐन बनाउन पनि लामो समयदेखि सङ्घर्ष गरेको बताउनुभयो ।

२०५५ सालमा यससम्बन्धी कानुन आए पनि त्यसले समग्र क्षेत्रको प्रतिनिधित्व नगरेको आफूले सङ्घर्ष गरेको उहाँले स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘यसरी सङ्घर्ष गरेको २५ वर्षपछि यससम्बन्धी कानुन गत साल २०८० मा पारित भएको छ ।’

भुसालले सोही ऐनको आधारमा अहिले पहिलोपटक निर्वाचन हुन थालेको बताउननुभयो


प्रकाशित : २०८१ माघ ३, बिहीबार १५:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech