कपिलवस्तुमा स्रोत नखुलेको १५ लाख भन्दा बढी रकम सहित एक जना पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कपिलवस्तुको मायादेवी गाउँपालिका–६, डुमरा चोक नजिक बिहीबार एक साइकल यात्रीबाट स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले मायादेवी गाउँपालिका–७, हरिरामपुरका ३० वर्षीय निरजकुमार मिश्रालाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार मिश्राले कालो झोलामा लुकाएर रकम राखेका थिए । झोलाबाट १,००० दरका ८९० वटा, ५०० दरका १,३२० वटा, १०० दरका १८० वटा र ५० दरका ४० वटा नोट बरामद गरिएको छ ।
हाल मिश्रालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाउने तयारी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ ।


प्रकाशित : २०८१ माघ ४, शुक्रबार १०:३८