
आईसीसी यू १९ टी २० महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग खेलिरहेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५२ रनमा अलआउट भएको छ । नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको हो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् ।
बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १(१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए ।गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल त्यसको बदला लिने दाउमा हुनेछ ।

