मानव सेवा आश्रमको आयोजनामा सोमबारदेखि ज्ञान(महायज्ञ)

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम प्रदर्शनी हुने स्थान÷सब्जी मण्डी नजिकै माघ १४ गतेसम्म हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको मानव सेवाआश्रमले जनाएको छ । आश्रय विहीनहरुलाई आश्रय दिँदै आएको मानव सेवा आश्रमको तिलोत्तमा–५ पश्चिम पहुनीमा रहेको भवन निर्माणार्थ तिलोत्तमामा सोमबारदेखि आयोजना गर्न लागेको ज्ञान महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञमा ३ करोड बढी आर्थिक संकलन गर्ने लक्ष्य राखिएको मानव सेवा अश्रमका महासचिव शुसीला के।सी।ले जानकारी दिनुभयो।भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू रहने अधिकारीले जानकारी दिनुभयो ।महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग समेत सञ्चालन गरिने अधिकारीले बताउनुभयो। महायज्ञ सफल बनाउन संस्थाका अभिभावक लोकनाथ भुसालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञ सम्पन्न गर्न ३५ लाख बढी खर्च अनुमान गरिएको छ । आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गरिने छ ।१ करोडको योगदान गर्नेको मानवसेवा आश्रमको कम्पाउण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक निर्माण गरिने बताइएको छ । ५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिने छ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिने छ ।निर्माणाधिन आश्रमको भवनमा हालसम्म ५ करोड बढी खर्च भइसकेको र यसलाई सम्पन्न गर्नका लागि थप २ करोड लागत अनुमान गरिएको संयोजक भुसालले जानकारी दिए । महायज्ञबाट संकलित रकमबाट अक्षकोष वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ । हालसम्म आश्रमको केन्द्रीय अक्षकोषमा ५ करोड रकम जम्मा भएको छ भने रुपन्देहीमा ३५ लाख रुपैयाँ पुगेको छ । ०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगाक्षेपी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।यसैगरी ४ हजार बढीलाई परिवारसँग पुनःमिलन गराइएको र त्यसमध्ये १ हजार बढी भारतीय नागरिक रहेको अध्यक्ष रामजी ज्ञवालीले जानकारी दिए । आश्रमले भारतमा समेत शाखा बिस्तार गर्ने योजनामा रहेको उनले जानकारी दिए । मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी रहेको संस्थाकी लुम्बिनी प्रदेश प्रमुख सरु अधिकारीले जानकारी दिनुभयो।
उक्त अवधिसम्म देशभर खुला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरुको मानवोचित व्यवस्थापन गरिने अधिकारीले बताउनुभयो । कार्यक्रमको अवसरमा बोल्दै तिलोत्तमा–६ का वडा अध्यक्ष गणेश पाठकले मानवसेवाको महाअभियान लिएर अगाडि बढेको आश्रमलाई सबैको सहयोगका लागि आह्वान गर्नुभएको छ।


प्रकाशित : २०८१ माघ ६, आईतवार ११:३७