गुल्मीमा ६० वर्षीय लालबहादुरर रोका मृत फेला हत्या, आशंकामा छोरा नियन्त्रणमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

जिल्लाको मालिका गाउँपालिका ८ मरभुङ्ग निवासी ६० वर्षीय लालबहादुरर रोका मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले रोका मृत फेला परेको पुष्टि गर्दै घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान भईरहेको जनाएको छ ।

मृतकलाई कसैले हत्या गरेको हो कि भन्ने आशंकामा अनुन्धान भईरहेको र सोधपुछका लागि मृतकका छोरा २८ वर्षीय डम्बर बहादुर रोकालाई नियन्त्रणमा लिईएको एसपी भुजेलले बताए ।घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित : २०८१ माघ ८, मंगलवार ११:१६