
सुदूरपश्चिम प्रदेशको कैलालीमा छाउगोठमा बसेकी उक महिला बाघको आक्रणबाट घाइते भएकी छन् । कैलालीको मोहन्याल गाउँपालिका(७ कुइनेकी सरस्वती बिक छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेरे घाइते भएकी हुन् ।
४० वर्षीया बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।
अध्यक्ष उपाध्यायका अनुसार बाघको आक्रमणले बिकको टाउको र मुखमा चोटमा लागेको भएपनि उनी खतरा मुक्त रहेकी छिन् । छाउगोठमा महिला चिच्याए लगत्तै गाउँलेले होहल्ला गरेपछि बाघ भागेको प्रत्यक्षदर्शीहरुले बताए ।

