
काठमाडौं महानगरपालिका २४, इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार, पक्राउ पर्ने व्यक्ति चितवन भरतपुर महानगरपालिका(१५ का ४८ वर्षीय माधव श्रेष्ठ हुन्।
उनी काठमाडौंको टोखा बस्ने बताइएको छ। आइतबार दिउँसो साढे ४ बजे प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। प्रहरीको इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।यस घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

