रुपन्देहीको तिलोतमाको जनभावना माविमा खेल सप्ताह शुरु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रुपन्देहीको तिलोतमा वडा न ८ मा रहेको जनभावना माविको खेल सप्ताह शुरु भएको छ । विद्यालयको ३४ औँ बार्षिकोत्सवको अवसर पारी एथलेटिक्स लगायतका विभिन्न विधामा विद्यार्थीहरुले प्रतिस्प्रर्धा गर्ने विद्यालयका खेल सँयोजक तथा शिक्षक सोमबहादुर थापाले जानकारी दिनुभयो ।

जनभावनाको आफ्नै खेल मैदानमा अबको एक हप्तासम्म विद्यार्थीहरुले विभिन्न विधामा प्रतिस्प्रर्धा गर्ने गरि  खेल सप्ताह शुरु गरिएको सहायक प्रअ जीवन अर्यालले जानकारी दिनुभयो ।

यसैबीच यसअघि आइतबार आयोजित खेल सप्ताहको उदधाटन सत्रमा बोल्ने बक्ताहरुले विद्यालयले शैक्षिकसँगसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले उत्कृष्ट कार्य गरेको भन्दै प्रशँशा गरेका थिए ।

कार्यक्रममा प्रधानाध्यापक शंम्भु प्रसाद पराजुलीले उच्च कोटीको शैक्षिक गुणस्तरमा विद्यालयले निभाइरहेको भूमिका तथा विद्यार्थीको सँवेगात्मक विकाशका लागी खेलकुदको भुमिकाका विषयमा धारणा राख्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा भएको उद्घाटन सत्रको सन्चालन शिक्षिका शीला घिमिरेले गर्नुभएको थियो ।


प्रकाशित : २०८१ माघ १४, सोमबार १७:३९