उत्तर प्रदेश महोत्सवमा मचान भत्किँदा पाँच जनाको मृत्यु, २० जना गम्भीर घाइते

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

उत्तर प्रदेशको बागपतस्थित बरौतमा जैन समुदायको लड्डू महोत्सवका क्रममा काठको मचान भत्किँदा पाँच जनाको मृत्यु भएको छ । बागपतका डीएम अस्मिता लालले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
उनले २० जना गम्भीर घाइते भएको बताए ।
बरौतमा भगवान् आदिनाथको ‘लड्डू पर्व’ मा मनस्तम्भ परिसरमा निर्माण गरिएको काठको मचान भत्किँदा ५० भन्दा बढी भक्तजन च्यापिएका थिए । मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई तुरुन्तै घटनास्थलमा पुगेर राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
मुख्यमन्त्रीले घाइतेको उचित उपचार गर्न पनि निर्देशन दिएका छन् । एम्बुलेन्स नहुँदा धेरै घाइतेलाई इ–रिक्सामा अस्पताल पुर्‍याइएको थियो ।

 


प्रकाशित : २०८१ माघ १५, मंगलवार १६:२९