
भारतमा हुने करांते प्रतियोगिताका लागि तिलोत्तमा नगरपालिकाले आफ्ना खेलाडीहरुलाई हार्दिक स्वागत सहित शुभकामना दिदै त्यसतर्फ बिदाई गरेकॊ छ।
नेपाल करांते डोजोका सन्तु दंगोरिया थारूको नेतृत्त्वमा, प्रशिक्षक संजय चौधरी, राष्ट्रिय निर्णायक लक्ष्मण थापा, अभिभावक शिवकुमारी जिसी सहित जान लागेका २२ जना खेलाडी डोजोहरुलाई तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, उपसचिव गंगाराम आचार्य, वडा अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य राधा शाही, सावित्रा पन्थी आचार्य, वडा सदस्य मित्रलाल न्यौपाने, नेपाल करांते डोजो लुम्बिनी प्रदेशका महासचिव बासु बस्यालले सामुहिक रुपमा बिदाई गरेका हुन्।
यस अघि गएका खेलाडीले राम्रो प्रदर्शन गरेर धेरै जसो पदक हात पार्न सफल भएका थिए। नेपाल सितेरियो करांते डो संघको व्यवस्थापनमा २० देखि ६५ केजी तौलसम्मका खेलाडीहरुलाई शुभकामना स्वागत सहित खेलको लागि पठाइएको हो।

