स्थायी बसोबासका लागि एक वर्षमा ६६ हजार ८३५ जनाले छाडे देश

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

नेपालबाट स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि ९सन् २०२४० मा ६६ हजार ८३५ जनाले देश छाडेका छन् ।
अध्यागमन विभागको तथ्यांक अनुसार जसमा ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरष छन् । एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् ।जसमध्ये अस्थायी बसोबासको प्रयोजनका लागि विदेशिने नागरिकको संख्या १ लाख ८२७ रहेको छ । सबैभन्दा धेरै संख्या भने कामको खोजिमा विदेशिनेको रहेको छ ।
स्थायी बसोबासमा लागि देश छाड्नेको संख्या तुलनात्मक रुपमा भने केही घटेको छ । सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए ।
यस पटक सो संख्या ६६ हजारमा झरेको देखिनछ । अस्थायी बसोबासमा देश छाड्ने भने यस पटक बढेका छन् । गत वर्ष ९२ हजार ३४९ जनाल देश छाडेको विभागले जनाएको छ ।
विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजिमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेशिएका छन् । जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन् ।अध्ययनमा १ लाख १९ हजार ४०९ जना विदेशिएका छन् । स्वास्थ्य उपचारमा १८ हजार ७१३ जना नेपाली विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ । यूएन मिसनमा ५ हजार ८४७ जना विदेशिएको देखिन्छ । खेलकुदजन्य गतिविधिका लागि २ हजार ६८०९ जना विदेश गएका थिए ।

 


प्रकाशित : २०८१ माघ १६, बुधबार १५:४४