पाल्पाको रिब्दीकोट गाउँपालिकाले दुई सय टनेल निर्माण गर्ने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रिब्दीकोट गाउँपालिकामा यस वर्ष स्थायी र अस्थायी गरी दुई सय टनेल निर्माण हुने भएका छन् ।

रिब्दीकोट कृषि परियोजना (RAP)अन्तर्गत रिब्दीकोटका आठै वडामा बन्ने टनेलको सम्झौता एबं अभिमुखिकारण कार्यक्रम तथा नमूना टनेलको रिब्दीकोट गाउँ पालिका अध्यक्ष नारायण कार्कीले उद्घाटन गर्नु भयो ।
रिब्दीकोट लाई कृषि पर्यटनको रुपमा विकास गर्न अकबरे खुर्सानी,बेसार हुँदै तरकारी उत्पादन लाई बृद्धि गर्न टनेल सहयोग कार्यक्रम ल्याइएको बताउनु भयो ।
सोही अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले रिब्दीकोट लाई कृषि उत्पादनमा जोड दिई कृषक प्रोत्साहन कार्यक्रम ल्याइएको हो भन्नुभयो ।
पालिका का पूर्व अध्यक्ष नारायण जी सी ले अकबरे मा जस्तै अन्य तरकारी उत्पादनमा जोड दिई बजारीकरणमा किसान लाई सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
रिब्दीकोट गाउँ पालिका र हेफर प्रोजेष्ट नेपालको आर्थिक सहयोग तथा रेडा पाल्पाको सहजीकरणमा संचालित रिब्दीकोट कृषि परियोजना मार्फत गत वर्ष ७८ वटा स्थायी टनेल निर्माण गरिसकीएको र आगामी वर्ष पनि एक सय स्थायी र आबस्यकता अनुसारका अस्थायी टनेल निर्माण गर्ने परियोजनाको उद्देश्य रहेको परियोजनाका संयोजक थमन कार्कीले जनाएको पाल्पा ख्याहाबाट राम प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।


प्रकाशित : २०८१ माघ २०, आईतवार १६:३३