
रुपन्देही ।
रूपन्देहीको तिलोत्तमा ११ भूपू सैनिकमा जिवन योग प्रयोगशालाको शुरूवात भएको छ । लुम्बिनी महिला उत्थान समुह तिलोत्तमा ११ को आयोजना तथा भुपू सैनिक टोल विकास संस्थाको सह आयोजनामा शनिवार देखि उक्त जीवन योग प्रयोगशालाको शुरूवात भएको हो ।
जिवन योग प्रयोगशाला उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगर प्रमुख राम कृष्ण खाँणले जीवन विज्ञानका उर्जाध्यान विधीहरूले दिर्घ जीवनका लागि खुराक प्रदान गर्ने हुँदा दैनिक जीवनमा यस्को अनुशरण गर्नु पर्ने बताउनु भयो । लुम्बिनी महिला उत्थान समुह तिलोत्तमा ११ कि अध्यक्ष लिला गाहाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख खाँणले तिलोत्तमावाशीलाई योगमा जोड्नको लागि पहल गर्ने प्रतिबद्वता समेत ब्यक्त गर्नु भयो ।
उक्त जीवन योग प्रयोगशाला कार्यक्रममा लुम्बिनी प्रदेश जीवन बिज्ञान सह संयोजक दुर्गा बहादुर क्षेत्रीले स्वजागरण कार्यक्रम संचालन गर्नु भयो । लुम्बिनी महिला उत्थान समुहकि सहसचिव कल्पना बुढामगरको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा जीवन विज्ञान देवदह संयोजक नमकान्त पान्डे तथा योग प्रशिक्षक सीता देवी न्यौपानेले योगले जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा मन्तब्य राख्नु भएको थियो ।

