
लुदस, जीतपुर
कपिलवस्तुमा प्रहरीको सिआईडी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाणगङ्गा नगरपालिका वडा नं.२ पिपराका ३२ वर्षीय ऋषिराम घिमिरे र वडा नं. २ कप्टैयाका ३२ वर्षीय जीवन थापा रहको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक लोकेन्द्र के.सी का अनुसार उनीहरू हामी इलाका प्रहरी कार्यालय पिपराबाट आएका सि.आई.डि. हौँ तपाईँको घर कोठा खानतलासी गर्नुपर्नेछ भन्दै एक स्थानीयको घरमा प्रवेश गरी खानतलासी गरी सत्र हजार लिई हिँडेको अवस्थामा पक्राउ गरिएको बताउनुभयो ।
घिमिरे र थापालाई बाणगङ्गा नगरपालिका वडा न. २ राजपुरस्थित खेल मैदानमा फेला पारी पक्राउ गरिएको उहाँको भनाइ छ । पक्राउ परेका दुवै जनालाई ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

