निसान कपको उपाधी चुम्दै मुहान एफ. सी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कुस्मा
कपिलवस्तु नगरपालिका वडा नं ९ अर्न्तगत बौद्ध शान्ति युवा क्लवद्धारा आयोजित वडा स्तरिय निसान स्मृति नकआउट फुटवल प्रतियोगिताको उपाधी बाणगंगा ४ मा रहेको मुहान फुटवल क्लव ले हात पारेको छ ।
आज भएको फाईनल खेलमा मुहान एफ. सी ले आयोजक बौद्ध शान्तिलाई ० विरुद्ध १ गोलले पछी पार्दै जित हात पारेको हो ।
विजयी खेलाडीहरुलाई कपिलवस्तु नगरपालिकाकि उपमेयर सुनिता गुप्ता र उहाँका श्रीमान संजय गुप्ता लगाएतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा निशानका भिनाजु लुम्बिनी दर्पणका प्रधान सम्पादक समेत रहेका मोहन बेल्वासेले उत्कृष्ट खेलाडी, गोल रक्षक, लगाएत ४ जनालाई नगद सहित सम्मान व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै निशानका बुवा राम प्रसाद न्यौपानेले निशान स्मृति कप खेलाउने आयोजकलाई धन्यबाद व्यक्त गर्दै निशान को सपना अव साथीहरुले पुरा गर्नुपर्ने र कुनै राम्रो खेलाडी खेल जिवनमा अभिप्रेरित गर्न अभिभावक र समाजको महत्वपुर्ण साथ हुनुपर्नेमा जोड दिनुभएको थियो । पत्रकार बेल्वासेले निशानको भौतिक शरिर नरहेपनी समाज र समग्र क्षेत्रका लागि अमर रहेको बताउनुभएको थियो । त्यस्तै विशिष्ठ अतिथि संजय गुप्ता प्रमुख अतिथि सुनिता गुप्ता लगाएतले आगामी दिनमा महिला फुटवल खेलाडीहरुलाई समेत अगाडी बढाउन महिला फुटवल प्रतियोगिता आयोजना गर्नुपर्ने र त्यसमा उपमेयरका तर्फबाट सहयोग हुने बताउनुभएको थियो । निशान फोटो अंकित जर्सि प्रर्दशन गर्दै मुहान एफ.सि का खेलाडीहरु विभिन्न खेल खेल्दै आएका छन् । आजको खेलमा पनी निशान फोटो अंकित प्रर्दशन सहित उत्कृंष्ंट खेल खेल्दै प्रथम पुरस्कार हासिल गरेको मुहान एफ.सीले नगद ३० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हासिल गरेको थियो । द्धितिय स्थान हासिल गरेको बौद्ध शान्तिले नगद २० हजार शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

निसानको गत मंशिर २४ स्कुटर दुर्घटनामा निधन भएको थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत खेल खेलेका निसानको मृत्युले देश लाई ठुलो क्षती भएको बताएका छन् । प्रतियोगिताको उद्धघाटन कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले गर्नुभएको थियो । खेलमा १७ टिमको सहभागिता रहेको आयोजक क्लवका नारायण पौडेलले जानकारी दिनुभएको थियो ।
वैदेशिक रोजगारमा रहेका युवाहरुले निशान स्मृति कपका लागि सहयोग पुर्‍याएका थिए ।


प्रकाशित : २०८१ फाल्गुन ७, बुधबार १८:४६