
प्रकाश गौतम
शुद्धोधन
शुद्धोधन २ रुपन्देहीको आयोजनामा ३ दिने महिला महिला सशंत्तिकरण तथा नेतृत्व बिकाश सम्बन्धी तालीम सम्पन्न भएको छ ।
शुद्धोधन २ रुपन्देहीका अध्यक्ष कमल खड्का क्षेत्रीको अध्यक्षता , शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णु प्र बस्यालको प्रमुख आतिथ्यता , उपाध्यक्ष शान्तादेबि ज्ञवालीको बिशिष्ट आतिथ्यता तथा वडा सचिव हरि प्र पोख्रलको स्वागतमा तालिम सम्पन्न भएको हो । तालिम समापनका अवसरमा बोल्दै रुपन्देहीको शुद्धोधन गाउंपालिकाका अध्यक्ष बिष्णु प्र बस्यालले तालिममा सिकेका कुरा ब्यवाहारमा उत्तार्न आग्रह गर्नु भयो । शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेबि ज्ञवालीले यस्ता तालीमबाट परिबर्तन सम्भव रहेकोे बताउनु भयो ।
कार्यक्रममा शुद्धोधन २ रुपन्देहीका अध्यक्ष कमल खड्का क्षेत्रीले तालीम पछी पनि निरन्तर अभ्यास गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै शुद्धोधन २ वडा तारक कंवर , लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले तालीमको उदेश्य पाप्त भएको भन्दै अब परिक्षाको घडि सुरु भएको बताउनु भयो ।
तालीम समापनका अवशरमा प्रशिक्षार्थिका सर्मिला बि।क लगायतले मन्तब्य राख्नू भएको थियो ।
लुम्बिनी मिडिया हवका प्रसासन प्रमुख यमुना जिसि चौधरीले संन्चालन गर्नु भएको तामिमको सहजिकरण अधिवत्ता दिपा सुनार र प्रकाश गौतमले गर्नु भएको तालिममा शुद्धोधन २ का २७ जनाको सहभागीता रहेको थियो ।

