बनेपाको होटलमा मृत भेटिइन् युवती, हत्या भएको आशंका

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काभ्रेको बनेपास्थित एउटा होटलमा एक महिला मृत भेटिएकी छन्।बिहीबार साँझ ६ बजे बनेपा नगरपालिका कार्यालय अगाडि रहेको होटल भ्यू एन्ड पाहुना घरको दोस्रो तल्लाको कोठा नम्बर ११५ मा एक महिला मृत भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका निमित्त सूचना अधिकारी दिनेशबहादुर कुँवरका अनुसार मृत भेटिएकी महिला बनेपा नगरपालिका(६ बुडोलकी २३ वर्षीय शर्मिला श्रेष्ठ रहेको खुलेको छ।
घटनाको प्रकृति हेर्दा हत्या हुनसक्ने आशंका गरिएको छ।
प्रहरीले होटलको सिसीटिभी फुटेज संकलन गरी घटनाको अनुसन्धान गरिरहेको छ। सिसीटिभी फुटेजमा सोही समयमा एक जना पुरूष बाहिरिएको देखिएको छ।प्रहरीले त्यसलाई आधार बनाएर थप अनुसन्धान अगाडि बढाएको इन्स्पेक्टर कुँवरले जानकारी दिए।


प्रकाशित : २०८१ फाल्गुन १६, शुक्रबार ११:१६