ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हथौसा लिटल स्टार स्कुलमा अभिभावक अभिमुखिकरणः संस्कार सहितको शिक्षामा जोड

Lumbini Darpan 2 २०८१ फाल्गुन १७, शनिबार १९:१३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी स्थित हथौसा लिटल स्टार सेकण्डरी इङ्गलीस बोर्डिङ्ग स्कुलले अभिभावकहरुलाई अभिमुखीकरण प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत बाबुनानीमा अनुशासन, जिम्मेवारी र संस्कार सहितको रुपान्तरणका लागि उक्त अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

कार्यक्रमको औपचारिक सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले बालबालिकाहरुमा व्यवहारिकता तथा नैतिकताको पालना गराउन यस्ता कार्यक्रमले त्यसको समाधानका लागि महत्वपुर्ण सहयोग गर्ने बताउनुभयो । पछिल्लो समय बालबालिकालाई डर धम्की र त्रास बाटै अुशासनमा ल्याउन सकिन्छ भन्ने गलत धारण मौलाउँदै गैरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभायो । बालबालिकालाई हरेक पक्षमा अब्बल बनाउन परिवारका सदस्यहरुको भुमिका महत्वपुर्ण रहने उहाँले बताउनुभयो ।

त्यस्तै बाणगङ्गा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले हाम्रा बालबालिकाको पढाई बिग्रदा दोष शिक्षक र विद्यालयलाई लगाउने गरिएको भन्दै सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी अभिभावकको हुने बताउनुभयो । भविष्यका कर्णधार बालबालिकाको बारेमा बुझ्नको लागि अभिभावकहरु नियमित विद्यालयमा आउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक सुन्दर पाण्डेले आफ्नो विद्यालयमा अध्यन गरेका बालबालिका हरेक क्षेत्रमा अब्बल रहेको भन्दै त्यसको निरन्तरताका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावकको भुमिका महत्त्वपूर्ण हुनेभएकाले उक्त कुराको बोध गराउन अभिमुखिकरण कार्यक्रम गरिएको बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा मोटिभेस्नल ट्रेनर प्रितम पौडेलले प्रयोगात्मक सहित प्रशिक्षण प्रदान गर्नुभएको छ । उहाँले बालबालिकालाई कुनै पनि कार्यसंगै अध्यापनमा आकर्षण गर्ने तरिका, अभिभावकहरुको हौसलाले बालबालिकामा पर्ने मानसिक प्रभाव, परिवारका सदस्यको सम्बन्धका कारण पर्ने असर, अनुशासन तथा संस्कारको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले अभिभावक र शिक्षक, विद्यार्थी र शिक्षक, अभिभावक र विद्यार्थी बिच हुने असल सम्बन्धले विद्यार्थीहरुको सिकाई प्रभावकारी हुने स्पष्ट पार्नुभएको थियो । पौडेलले पैसाले मात्र छोराछोरीको भविष्य राम्रो नहुने भन्दै समय आवश्यक पर्ने बताउनुभयो ।

साथै उहाँले पछिल्लो समय बालबालिका मोबाईलमा धेरै भुल्ने गरेको भन्दै त्यसको जिम्मेवारी अभिभावकले लिनुपर्ने बताउनुभयो । त्यस्तै प्रशिक्षक पौडेलले छोराछोरीलाई अनुशासन सङ्गै व्यवहारिक बनाउन अभिभावक तथा परिवारका सदस्यले प्रयोग गर्ने भाषा, व्यवहार, चालचलन राम्रो हुनुपर्ने, घरको वातावरण शान्त हुनुपर्ने, बालबालिकालाई सजायको नाममा गालिगलौज तथा शारीरिक यातना दिननहुने, अन्य सङ्ग तुलना गर्न नहुने बताउनुभयो । उहाँले अभिभावक र बालबालिकाको सम्बन्ध समधुर गराउने उपाय, छोराछोरीलाई अनुशासनमा राख्ने उपाय, अभिभावक तथा बालबालिकाको जिम्मेवारी तथा कर्तव्य लगायतको विषयमा प्रशिक्षण गराउनुभएको थियो ।

विद्यालय सञ्चालक समितीका निवर्तमान अध्यक्ष डिल्लिराज भुषालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी देविका पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८१ फाल्गुन १७, शनिबार १९:१३

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech