प्रगतिशील महिला विकास सहकारी तिलोत्तमा १० मा जीवनशैली तथा भान्सा सुधार कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

यमुना जि।सि थारु
तिलोत्तमा
प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा १० रुपन्देहीको आयोजनामा जीवनशैली तथा भान्सा सुधार कार्यक्रम सम्पन्न भएको छ। ११५ औं अन्तरा्ट्रिय महिला दिवसको अवसर पारेर सहकारीले सो कार्यक्रम आयोजना गरेको हो ।
सहकारीका अध्यक्ष सीता न्यौपाने उपाध्यायको अध्यक्षता तिलोत्तमा नगरपालिका ८ को वडा अध्यक्ष कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै ति न पा ८ का वडा अध्यक्ष कृष्ण पौडेलले हामीले खानपानमा सुधार गर्यौ भने जीवनशैली सुधार्न सकिन्छ भन्दै घरको डाक्टर महिलानै भएकाले रोगबाट बच्न सकिने बताउनुभएको छ।कार्यक्रममा करहिया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डे प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गरेका कामहरुको खुलेर प्रशंसा गर्नुभएको थियो ।उहाँले जीवनशैली सुधारका लागि हरेक महिलाले घरबाटै भान्सा सुधार्न आग्रह गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष सीता न्यौपानेले प्रकाश पर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी गजमेरको स्वागत र सहकारीका व्यवस्थापक जमुना गिरीले कार्यक्रमको
सञ्चालन गर्नुभएको थियो । तिलोत्तमा नगरपालिका आयुर्वेद शाखाका प्रमुख प्रकाश ज्ञवालीले तालिमको सहजीकरण गर्नुभएको थियो ।


प्रकाशित : २०८१ फाल्गुन २०, मंगलवार १८:०९