
लुदस,
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ ले पछिल्लो समय किसान मैत्री योजना कार्यान्वयनमा ल्याएको छ ।
वडाले विगतदेखि किसानले प्रम्परागत कुलाई गर्ने कार्यलाई सहज बनाउन प्रगती ४ मौजा कुलाको माटो सरसफाई गर्न ५० हजार बजेट विनियोजन गरेको हो ।
त्यसैगरि यतिवेला वडा नं ६ मा उत्पादित आलु भण्डारण गरि विउ प्रर्वद्धन गर्न २ लाख बजेट विनियोजन गरेपछि किसानहरु उत्पादिन उन्नत जातको टि.पि.एस विउ जोगाउन शित भण्डार लाने तयारी गरेका छन् । वडा मार्फत प्रत्यक्ष किसानले महसुस हुने यस प्रकारको कार्यक्रम महत्वपुर्ण भएको र यसलाई अन्य पालिका र वडाले पनी सिको गरि किसानको उत्पादन सुरक्षित गर्नुतर्फ ध्यान दिनुपर्ने किसान अगुवा रमेश थारुले बताए । वडा सदस्य गुरुप्रसाद थारुले आगामी दिनमा यो कार्यले किसानलाई प्रत्यक्ष लाभ पर्याउनुका साथै उत्पादनमा समेत वृद्धि हुने बताए । किसानले तिर्दै आएको शित भण्डार शुल्क वडा मार्फत २ लाख बजेटबाट भुक्तानी गरिने समेत उनले बताए । केही पालिकाहरुमा तथा नगरकै अन्य वडाहरुमा छित्रा बजेट मार्फत समान्य विउपल र कर्मचारीमैत्री तालिम र अनुगमन गरेर कृषिको बजेट किसानमैत्री हुन नसकेकै बेला बाणगंगा ६ को किसान मैत्री कार्य उदाहरणीय बनेको हो । यस कार्यको धेरैले प्रशंशा समेत गरेका छन् ।

